पोखरा । नेपाल खेलकुद महासङ्घ गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी जेठ ३० र ३१ गते हुने भएको छ । पोखरा २५ हेम्जामा रहेको माछापुच्छ्रे पार्टी प्यालेसमा आयोजना हुने अधिवेशनको तयारीमा तिव्रता दिइएको छ । नेपाल खेलकुद महासङ्घको वैशाख १० गते बसेको चौथो पूर्ण बैठकले अधिवेशन सम्पन्न गर्नको लागि बोधराज गिरीको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । जसको सह–संयोजकमा रमेश कार्की र सचिवमा इश्वर अधिकारी रहेका छन् ।

 यसैगरी सदस्यमा विकास सुनार, हरी बडुवाल, कुमार बहादुर क्षेत्री, रामचन्द्र गिरी, रोशन छत्याल, राजन गुरुङ, सपना श्रेष्ठ, जीवन तिवारी, कृष्ण महर्जन, फडिन्द्र तिमिल्सेना, बलराम लामा, ऋषि बस्नेत, शिबिन्द्रराज भण्डारी, काशिनाथ भट्टराई, केशव ढकाल र शेर बहादुर चोचाङगी रहेका छन् । 

प्रदेश अधिवेशन अगाडि जिल्ला र खेल सङ्घको अधिवेशन हुने भएकोले वैशाख २० गते बसेको अधिवेशन आयोजक कमिटीको बैठकले जिम्मेवारी बाँडफाँड समेत गरेको छ । बैठकमा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी इन्चार्ज तिरणराज गौतम, नेकपा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, महासङ्घका केन्द्रीय सचिव विष्णु पुन, केन्द्रीय सचिवालय सदस्य सरस्वती श्रेष्ठ, दीपेन्द्र पौडेल र केन्द्रीय सदस्य सूर्य गुरुङले बोलेको सचिव ईश्वर अधिकारीले जानकारी दिए ।

महासङ्घ गण्डकीको कार्यलाई प्रभावकारी बनाउन बैठकले बोधराज गिरी, रमेश कार्की, ईश्वर अधिकारी, हरि बडुवाल, विकास सुनार, शेर बहादुर चोचाङगी र काशीनाथ भट्टराई रहेको ७ सदस्यीय सचिवालय गठन गरेको छ । 

बोधराज गिरीलाई नवलपुर, गोरखा र मनाङ, रमेश कार्कीलाई बागलुङ र स्याङजा, ईश्वर अधिकारीलाई कास्की, म्याग्दी र मुस्ताङ, शेर बहादुर चोचाङगीलाई पर्वत, ऋषि बस्नेतलाई लमजुङ, काशिनाथ भट्टराईलाई तनहुँ जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ । खेलसङ्घ तर्फ एथलेटिक्समा हरि बडुवाल, फुटबलमा रमेश कार्की, डोरितानमा विकास सुनार, ब्याडमिन्टनमा जीवन तिवारी, भलिबलमा फडिन्द्र तिमिल्सिना, करातेमा रामचन्द्र गिरी, तेक्वान्दोमा कृष्ण महर्जन संयाेजक बनेका छन् । सोही बैठकमा अधिवेशन आयोजक कमिटीको सपथग्रहण  गरिएको थियो । जिल्ला अधिवेशन जेठ १७  भित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0