पोखरा । पोखरामा स्वरुप परिवर्तन गरि चलाएका ३५ ओटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइएको छ ।
गएको बैशाख १ गते बाट आज १४ गते सम्म जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा उक्त सङ्ख्याका मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकलले चर्को आवाज निकाल्ने र स्वरूपमै परिवर्तन गरि चलाएको अवस्थामा चेकजाँच गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका मोटरसाइकल लाई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्र.ना.उ. बसन्त कुमार शर्माले जानकारी दिए ।
कसैले स्वरुप परिवर्तन गरी ध्वनि प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि प्रहरीले अनुरोध समेत गरेको छ ।
