पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन् । 

मङ्गलबार महायज्ञमा प्रमुख अतिथिको रुपमा सहभागी भएका आचार्यले उक्त कुरा बताएका हुन् । “यो कोटिहोम महायज्ञ हामी सबैलाई धार्मिक बनाउने छ । पछिल्लो समयको विकृतीहरूलाई हरण गर्नको लागि पनि यो कोटिहोम महायज्ञ सिद्ध हुने छ । म त भन्छु हाम्रो आँगनीमा सञ्चालन भएको यस कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैन ।” उनले थपे –“हाम्रो ठाउँमा सञ्चालन भएको यस प्रकारको महायज्ञले हामी अत्यन्तै खुशी छौँ । यो बेला साथ र सहयोग नगरे हामी सबैको लागि ठूलो भुल हुने छ ।” 

त्यस्तै उनले सन् २०२५ लाई महानगरपालिकाले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउनको लागि पनि यस कोटिहोम महायज्ञ जस्तो महत्वपूर्ण माध्यम अरु हुन नसक्ने पनि बताएका छन् । कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा अहिले श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । चर्चित अन्तराष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा ज्यू ले कथा प्रवचन गरिरहेकी छन् त्यस्तै सुप्रिया किशोरी लगायत व्यक्तिहरूले प्रवचन गरिरहेका छन् । पछिल्लो समय भक्तजन, दानविरदाताहरूको पनि उपस्थित बाक्लिदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0