पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भए सत्यतथ्य सार्वजनिक गरेर कारवाही गर्न माग गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अन्यथा विमानस्थलाई सधैँ विवादको घेरामा नपार्न आग्रह गरेका छन् ।
‘पोखरा अन्तराष्ट्रिय विमानस्थल पूरा क्षमतामा सञ्चालनका लागी सबै लागिरहेका छौ ।सबैजना आ-आफ्नो ठाउँबाट लागिपरौँ तर यसको निर्माणमा अनियमितता भएको हो र ,छ भने कुनैपनि कसर बाँकी नराखी कारबाही गरियोस् ,तथ्यसत्य सार्वजनिक होस्।अन्यथा विमानस्थललाई सँधै विवादको घेरामा नपारियोस्।’ एमाले स्थायी कमिटी सदस्य समेत रहेका अधिकारीले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
