पोखरा । पर्वत र आयोजक एलिट भलिबल प्रथम एलिट भलिबल कपको च्याम्पियन बनेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३, नदीपुरमा भएको उक्त प्रतियोगिताको पुरुषतर्फ पर्वत र महिलातर्फ एलिट भलिबल टोली च्याम्पियन बनेको हो ।

पर्वतले पिरामिड कन्ट्रक्सन हङ्गकङलाई ३–१ को सेटमा पराजित गर्‍यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पर्वतले तेस्रो सेट १७–२५ ले पिरामिड कन्ट्रक्सनलाई सुम्पिएको थियो । चौथो सेटमा २५–२२ को पुनरागमन जित निकाल्दै पर्वतले उपाधि रक्षा गर्‍यो । उपाधिसँगै पर्वतले ट्रफीसहित नगद एक लाख हात पार्‍यो । फाइनलमा पराजित पिरामिड कन्ट्रक्सन हङकङले ५० हजारमा चित्त बुझाउनुपर्‍यो

महिलातर्फ आयोजक टोली एलिट भलिबलले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पार्‍योएलिट भलिबलले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ को सहज जित निकाल्यो । एलिट भलिबलले ५० हजारसहित ट्रफी हात पार्‍यो । उपविजेता बनेको बागलुङ नगरपालिकाले २५ हजार प्राप्त गरेको छ ।

पुरुषतर्फ सञ्जुविक्रम शाह र महिलातर्फ मिना सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरुषतर्फ वेस्ट सर्भर रेशम छन्त्याल, वेस्ट सेटर विवश आले, वेस्ट ब्लकर सुगम विक, वेस्ट स्पाइकर सन्तोष विकवेस्ट डिफेन्डर जितबहादुर सार्की घोषित भए । महिलातर्फ वेस्ट सर्भर रिक्जना बोटे, वेस्ट सेटर रेविना घर्ति, वेस्ट ब्लकर विष्णु क्षेत्री, वेस्ट स्पाइकर सोइङ थापा र वेस्ट डिफेन्डर काजल श्रेष्ठ बनिन् ।

विजेता, उपविजेतालाई एलिट भलिबलकी प्रशिक्षक अरुणा शाही, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य डा. मधुसुदन सुवेदी, भलिबल सङ्घका उपाध्यक्ष यामबहादुर गुरुङसहितले ट्रफी र मेडल प्रदान गरे ।

आयोजक एलिट भलिबल एकेडेमीकी प्रशिक्षक एवम् राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले यो प्रतियोगिता महिला खेलाडी उत्पादनका लागि कोशेढुङगा हुने विश्वास व्यक्त गरिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0