पोखरा । पोखरा महानगरपालिका वडा नं‍. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सङ्कल्प सभा आइतबार सम्पन्न भएको छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको सङ्कल्प सभा गरिएको हो ।

रामनवमीको अवसर पारेर आइतबारदेखि नै ज्ञान महायज्ञको विभिन्न कार्यक्रमहरू समेत सुरु भएको यज्ञ संकल्पकर्ता तथा मानवसेवा फाउन्डेसनका संस्थापक विजयकृष्णमूर्तिले जानकारी दिए । उनका अनुसार अब चैत्र २५ र २६ गते बिरौटास्थित गण्डकी राष्ट्रिय भजन प्रतियोगितास्थलमा भारतको सूर्य गुरुकुलका शास्त्रीय नृत्य टोलीले नृत्य प्रस्तुत गर्नेछन् । यस्तै चैत्र २८ गते नेपालकै कान्छी भागवत कथावाचक अनुराधा पाण्डे पोखरा आउने र २९ गतेबाट भागवत प्रवचन सुरु हुने छ । ५ गतेबाट अन्तराष्ट्रिय कथा वाचक देवी प्रतिभाको आगमन हुने छ । बैशाख ३ गते भूमि पुजन कार्यक्रम गरिनेछ ।

कोटिहोम आयोजकले आइतबार नै मूल आयोजक समिति गठन, सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । सञ्चारकर्मीहरूसँग कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदैँ संकल्पकर्ता विजयकृष्णमूर्तिले औपचारिक रुपमा कोटिहोम सुरु हुनुअघि नै पोखरामा भारतको प्रयागराजमा सम्पन्न महाकुम्भ मेलामा सहभागी साधुसन्तहरू नेपाल आउने छन् । गायत्री कोटिहोम अवधिभर नियमित पूजापाठ, हवन र कथावाचनका साथमा कन्यापुजन, ज्येष्ठ नागरिक सम्मान, एक हजार स्रष्टा सम्मान, सन्त सम्मेलन, रामलीला, कृष्णलिला प्रस्तुती आदि हुने संकल्पकर्ता कृष्णमूर्तिले जानकारी दिए । उनले  कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको समेत जनाए ।


कोटीहोमकको लागि दान रकम आउने क्रम समेत आइतबारबाट सुरु भएको छ । महायज्ञमा सङ्कलन भएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरामा १७ मा  रहेको हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि खर्च गरिने समेत बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0