पोखरा । पोखरामा जारी दोस्रो केपी ओली कप टि–२० राष्ट्रिय खुला क्लब स्तरीय पुरुष क्रिकेटमा समूह ‘ए’ बाट दुई खेलमा जित हासिल गर्दै सिइसी काठमाडौंले सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको आइतबारको खेलमा १२७ रनको विजयी लक्ष्य पाएको काठमाडौंले १४.१ ओभरमा ३ विकेट गुमाउँदै १२७ रन पुरा गर्‍यो

 काठमाडौंका लागि दिपेन्द्र रावतले ४९ रनको योगदान दिदैँ क्याच आउट भए । उनले ४२ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ओपनर रित गौतमले २३ बलमा ६ चौका र १ छक्काको मद्दतमा ३८ रन बनाउँदै क्याचआउट भए । पृथु बाँस्कोटा २१ रनमा र अर्जुन घर्ती ७ रनमा नटआउट रहे । पृथुले १४ बलमा १ चौका २ छक्का प्रहार गरे भने अर्जुनले २ बलमा १ छक्का प्रहार गरे । स्याङजाका लागि अश्विनी रानाले २ तथा किरण भट्टराईले १ विकेट लिए । काठमाडौंले यस अघि हेटौँडालाई हराएको थियो । 

त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनायो । ओपनर करण पँगेनी १४ रनमा आउट भए । १४ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । ईश्वर क्षेत्रीले ३४ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । मिलन क्षेत्री ३, विशाल कोइराला १७, सन्दीप खत्री क्षेत्री १, सुजन गौतम ११, अश्विनी राना २ रनमा आउट भए । किरण भट्टराई १५ र लक्ष्मण डुम्रे ११ रनमा नटआउट रहे । काठमाडौँका लागि दिपेन्द्र रावतले ४ ओभरमा एक मेडनसहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यानअफ दी म्याच घोषित भए । यस्तै मनोज यादव, युनिश विक्रम सिंह र सूर्य तामाङले समान १/१ विकेट लिए । 

प्रतियोगितामा सोमबार तेस्रो दिन समूह ‘ए’ तर्फको पोखरा महानगरपालिका र काठमाडौँ तथा सोही समूहको हेटौँडा र स्याङ्जा बिच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0