पोखरा । क्लब क्याटवाकले निशुल्क आँखा चेकअप शिविर, रक्तदान लगायत विविध कार्यक्रम गरि आफ्नो दोस्रो वार्षिकोत्सवको मनाएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालनको दोस्रो वर्ष पुरा गरेको अवसरमा निशुल्क शिविर तथा रक्तदान लगायतको कार्य गरेको हो ।
पोखरा ६ लेकसाइडमा गरिएको निशुल्क आँखा परीक्षणबाट १ सय २१ जनाले स्वास्थ्य लाभ लिएका र रक्तदान कार्यक्रमबाट ६९ युनिट रगत सङ्कलन भएको क्लब क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए ।
क्लबले यस अगाडि समेत विद्याश्रममा खाद्यान्न वितरण, सरकारी विद्यालयका गरिब तथा जेहनदार विद्यार्थीलाई पोसाक, झोला तथा स्टेसनरी वितरण, भुकम्प पीडितलाई आर्थिक सहयोगलगायतको कार्यहरू गरिरहेको क्लबका अर्का सञ्चालक अमृत पहारीले बताए ।
सञ्चालनदेखि नै क्लब क्याटवाक युवा पुस्तामा निकै रोजाइमा परिरहेको छ । क्लबले दोस्रो वार्षिकोत्सवकै अवसरमा कन्दरा ब्याण्डको विशेष साङ्गीतिक कार्यक्रम समेत गरेको थियो । जसमा ३ हजार बढी दर्शक कन्दरा ब्याण्डका मुख्य भोकलिस्ट विवेक श्रेष्ठको प्रस्तुतीमा रमाएको क्लबले जनाएको छ ।