पोखरा । नृत्य निर्देशक सङ्घ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरीय वृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय गरिएको सङ्घका सचिव/प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए । सो राष्ट्रिय भेला कोशी प्रदेशमा हुने श्रेष्ठले बताए । छलफल कार्यक्रममा नृत्य निर्देशक सङ्घ नेपाल लुम्बिनी प्रदेश, कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश ,बागमती प्रदेश र कर्णाली प्रदेशका अध्यक्ष तथा सचिवहरूको उपस्थिति रहेको सङ्घका सह-कोषाध्यक्ष केशव कोइरालाले बताए । त्यसैगरी जिल्ला, नगर,गाउँपालिका अध्यक्ष तथा सचिवहरूको उपस्थिति रहेको उनले बताए ।

गण्डकी प्रदेशको व्यवस्थापनमा आयोजना गरिएको सो छलफल कार्यक्रमको प्रथम चरणको कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको प्रमुख आतिथ्यता र सङ्घका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपकुलपति गोरे गुरुङले सम्पूर्ण नृत्य निर्देशकहरूले नृत्य सम्बन्धी अध्ययन र अनुसन्धान गर्दै विद्यार्थीहरूले प्रशिक्षण गराउनु पर्ने बताए । सङ्घका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले नेपाल सरकार बाट राष्ट्रिय नृत्य दिवस घोषणाका लागि देशै भरका नृत्य निर्देशकहरू एक जुट भई अगाडि बढ्नु पर्ने बताए । करिब १२ घण्टा भएको उक्त छलफलमा सबै प्रदेश ,जिल्ला ,नगरका अध्यक्ष र सचिवहरूले आ–आफ्नो योजनाहरू प्रस्तुत गरेको सङ्घका कार्यसमिति सदस्य बुद्ध लामाले बताए ।

पोखराको होटल रोयल प्यालेसमा सम्पन्न उक्त छलफल कार्यक्रममा बनेका मूल समारोह समिति लगायत उपसमितिहरूले आ–आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरी कार्यक्रम सफल बनाउन सङ्घका केन्द्रीय महिला उपाध्यक्ष भावना कार्कीले आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0