पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनमा प्रत्यक्षतर्फ अनेरास्ववियुका विष्णु पोखरेलको प्यानल भारी मतान्तरले विजयी भएको छ । सभापतिमा पोखरेल १ हजार १ सय ६ मत सहित विजयी बने । २३ औं स्ववियु सभापतिका लागि २ स्वतन्त्रसहित ८ जनाबीच प्रतिष्पर्धा भएको थियो। उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका सुशील न्यौपानेले ५ सय ३ मत प्राप्त गरे । यसैगरी स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४ सय ६९ मत, अखिल क्रान्तिकारीका नवीन अधिकारीले २ सय २३ मत, संयुक्त प्यानलका सन्तोष पौडेल १ सय ९६ मत, स्वतन्त्र उम्मेदवारी दिएका कमल सुवेदीले ९९ मत, प्राज्ञिक विद्यार्थी परिषदका दिप्सन गुरुङले ७६ मत अखिल छैटौँका मिलन सुनारले २८ पाए ।
सचिवमा अनेरास्ववियुका विराट दुवाडी निर्वाचित भए । उनले एक हजार ४ सय १४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेविसङ्घका विवेक भट्टराईले ६ सय २८ मत ल्याए । अखिल क्रान्तिकारीका मिराज थापामगरले २ सय ९३, संयुक्त प्यानलका किरण खड्काले २ सय ४९ र प्राज्ञिक विद्यार्थी परिषद्का अविशेष विष्टले १ सय १८ मत प्राप्त गरे ।
कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरुङ निर्वाचित भइन् । उनले एक हजार ३ सय ५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेविसङ्घका अमिषा यादवले ६ सय ४७ मत ल्याइन् । संयुक्त प्यानलका सचिन पौडेल ३ सय ६०, अखिल क्रान्तिकारीका सिर्जना शर्माले २ सय ४४ र प्राज्ञिक विद्यार्थी परिषदकी अम्बिका धिमालले १ सय २४ मत प्राप्त गरिन्।
प्रत्यक्षतर्फको सदस्यमा सबै जना अनेरास्ववियुका उम्मेदवार विजयी भए । जन अनुसार एलिशा भट्टराई १ हजार १ सय ८८ मत, सुशील अधिकारी १ हजार २ सय ३६ मत, विशाल लम्साल १ हजार २ सय ८३ मत, प्रचण्ड शक्ति गुरुङ १ हजार २ सय ५९ मत, बृषभ चालिसे १ हजार २ सय २७ मत, अनुजराज अधिकारी १ हजार २ सय ३८ मत, जमुना शर्मा १ हजार २ सय ५५ र सुजन शर्मा सापकोटा १ हजार १ सय ९७ मत सहित विजयी भए । निर्वाचन समितिले निर्वाचित भएको औपचारिक घोषणा भने गर्न बाँकी छ ।
आइतबार भएको मतदानमा ३१ दशमलब २४ प्रतिशत मात्र मत खसेको थियो । सबैभन्दा धेरै मतदाता रहेको यो क्याम्पसमा कुल ९ हजार २ सय ७० मतदाता विद्यार्थीमध्ये २ हजार ८ सय ९६ जनाले मतदान प्रक्रियामा भाग लिएको निर्वाचन समितिले जनाएको छ । अब समानुपातिक तर्फको मतगणना हुने बताइएको छ ।
