काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका ६७ बुँदे समसामयिक राजनीतिक निर्णयहरू सार्वजनिक गरेको छ । शनिबार पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजबन्दी रिहाई र मुद्दा खारेजी, सङ्घीयता कार्यान्वयन, संविधान संशोधनलगायतको विषयमा भएका निर्णयलाई पार्टीका तल्लो तहमा सर्कुलर समेत गरेका छन् ।
जसपा नेपालले भदौ ९ गते काठमाडौँ ब्याङ्क्वेटमा चार महिने आधारभूत सङ्गठन निर्माण अभियान घोषणा गर्दैछ । पार्टीका अध्यक्ष यादवले एक कार्यक्रमका बीच अभियानको उद्घाटन कार्यक्रम रहेको छ ।
जसपाले आफ्ना चार सय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा सङ्गठन निर्माणको लागि खटाएको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाउने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1