पोखरा । सात वर्षीय भूमिलक्ष्मी पराजुलीले लेखेको पुस्तक विमोचन भएको छ । पोखरामा बिहीबारदेखि सुरु भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा उनले लेखको ‘मर्मेड, व्हेल एण्ड प्रिन्सेस’ पुस्तक विमोचन गरिएको हो । 

कक्षा २ मा अध्ययनरत भूमिले ६ वर्षको उमेरमा दशैँ बिदामा यो कथा लेखेकी थिइन् । उनले कथासँगै चित्र कोरेर पुस्तक तयार पारेकी हुन् । चित्र र कथा पढ्न रुचाउने भूमिले यसअघि पनि कथा लेखेकी छिन् । तर, प्रकाशित कथा भने उनको यो पहिलो हो । आफ्नो पुस्तकका कथाले अरूलाई घृणा गर्न नहुने, हेपाहा प्रवृत्ति देखाउन नहुने पाठ दिने सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0