पोखरा । एफडी मोटर्सको नयाँ सोरुम पोखराको नयाँबजार पिके टावरमा खुलेको छ । एफ डि मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लि.ले आफ्नो पाँचौ तथा पोखराका लागि पहिलो सोरुम सोमबार एक कार्यक्रमकाबीच सञ्चालनमा ल्याएको हो । नेपाली बजारमा उत्कृष्ट इलेक्ट्रिक स्कुटरको रुपमा स्थापित भएको एफडीका स्कुटर पोखराका ग्राहले पनि सहज रुपमा खरिद गर्न पाउने छन् ।
पोखराका ग्राहकले काठमाडौँ सोरुमबाट स्कुटर खरिद गरिरहेको र ग्राहकलाई सहजै उपलब्ध हुने गरी पोखरामा सोरुम विस्तार गरिएको कम्पनीका सिइओ सुजन ढुङ्गेलले जानकारी दिए । एफफाइभ ए प्रो मोडलको स्कुटर सोरुमबाट बिक्री सुरु भइसकेको छ ।
नयाँ सोरुम सञ्चालनमा आएको अवसरमा कम्पनीले ग्राहकहरूका लागि अफर दिएको छ । फास्ट चार्जर सित्तैमा पाउने सिइओ ढुङ्गेलले बताए । फास्ट चार्जरले २ घण्टामा ब्याट्री फुल चार्ज गर्न सक्छ । साधारण चार्जले ६ देखि ७ घण्टामा ब्याट्री फुल चार्ज हुने कम्पनीले जनाएको छ । कम्पनीले १५ दिनको लागि दिएको अफरमा एक वर्षको लागि सडक कर र इन्सुरेन्सको समेत ग्राहले सुविधा पाउने छन् ।
विशेषगरी स्कुटरमा जडान गरिएको प्रविधि र आकर्षक ’लुक्स’ देखि ’कम्फर्ट’सम्मका कारण ग्राहकले फरक अनुभूति गर्ने कम्पनीले जनाएको छ ।
नेपालको बाटो र उकाली–ओरालीमैत्री स्कुटर भएकाले यो स्कुटर अब्बल रहेको कम्पनीले दावी गरेको छ । स्कुटरमा मुख्य गरी एलएफपी ब्याट्री, साइड ड्राइभ मोटर, क्यान क्नट्रोलर, २०० एमएम ग्राउण्ड क्लियरेनस, ब्रेक रिजेनेरेटिङ्ग फिचरहरू उपलब्ध छ ।
स्कुटरमा १६ इन्च अगाडि र १४ इन्च पछाडि टायर रहेको छ । टायर साइज ठूलो भएकोले यो निकै आरामदायी छ । २०० एम एम ग्राउन्ड क्लियरेन्स भएको यस स्कुटर कुनै पनि खालको स्कुटरहरूमा नेपालमै पहिलो हो ।
स्पोर्टी डिजाइन बनेको एफफाइभ ए प्रो मोडलको स्कुटरमा साइड ड्राइभ ३ के मोटर, १२० किलोमिटर रेन्ज रहेको छ । नेपालमा उपलब्ध कुनै पनि विद्युतीय स्कुटर उक्लन नसक्ने उकालोमा यो स्कुटर सहजै उक्लन सक्दछ ।
ब्याट्री चार्जका लागि छुट्टै व्यवस्था गर्न नपर्ने र घरमा टिभी, फ्रिज जोडे जस्तै तरिकाले जोड्न सकिने छ । ब्याट्रीमा २००० साइकल हुन्छ । दैनिक फुल चार्ज गर्दा पनि यो भनेको ५ वर्ष भन्दा बढि समय टिक्छ ।
स्कुटरमा भएको प्रविधि तथा ब्याट्रीको तुलनामा बजारमा आएका अन्य कम्पनीका स्कुटर भन्दा यसको मूल्य अत्यन्तै सुलभ रहेको कम्पनीको भनाई छ ।
एफडी मोटर्स ब्रान्डका विद्युतीय स्कुटरहरू किन्न चाहने ग्राहकहरूलाई सरल र सहज रूपमा क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजदरमा तीन लाखसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपलब्ध गराउने छ ।
