पोखरा । साहित्यकार सुरज उपाध्यायको चौथो कृति बजारमा आएको छ । बेला प्रकाशनले बजारमा ल्याएको कविता सञ्चयन ‘बाबा कतारमा, आमा हतारमा’ कृतिमा २८ कविता छन् ।

 कवि सुरज बालमनोविज्ञानलाई नयाँ बिम्ब, प्रतीक मार्फत् अभिव्यक्त गर्न खप्पिस छन् । विचारमार्फत् चेतना भर्ने उनले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएका छन् । कृतिको मूल्य २ सय ५० रुपैयाँ छ ।

 कवि सुरजले बालबालिकाको मनोविज्ञान र अहिलेको परिवेशलाई कवितामा उतार्न खोजेको सुनाए । भने, ‘कविता सङ्ग्रहमा बालबालिकाको मनोविज्ञानलाई सम्मान गरिएको छ । बालबालिकालाई मनोरञ्जन, ज्ञान त दिनैपर्छ, सँगसँगै अहिलेको परिवेश, समाज पनि सिकाउनुपर्छ भन्ने कुरा मनन गरी लेखिएका कविता यसमा छन् ।’ यसअघि उपाध्यायका गजल सङ्ग्रह तिम्रो मन फर्किएन गजल सङ्ग्रह (२०६०) र दुई बालकविता सञ्चयन चील उड्यो आकाशमा (२०७१) र साइकल (२०७९) प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0