पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज भएको पहिलो खेलमा ‘जित्ने समूह’ अन्तर्गत एपीएफले न्यू डायमन्डलाई सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ को जित निकाल्न सफल भयो ।
एपीएफकी निरूता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन् । खेलको वेस्ट स्पाइकर न्यु डायमन्डकी सलिना बुढामगर बनिन् । ‘जित्ने समूह’ मा एपीएफ, न्यु डायमन्डसहित आयोजक टोली छन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
तस्बिर : योगेन्द्र श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
