पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्ती मगर (एमबीआस्था) निर्वाचित भएका छन् । मञ्चको बिहीबार पोखरामा सम्पन्न भएको तेश्रो अधिवेशन तथा छैटौँ साधारण सभामा निकटतम प्रतिद्वन्द्वी सुरज श्रेष्ठलाई ९ मत अन्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । मञ्चका ७४ जना सदस्य मध्ये ६४ जनाले मतदान गरेकोमा उनले ३६ मत पाउँदा श्रेष्ठले २७ मत प्राप्त गरे ।
उपाध्यक्षमा राजाराम पौडेल सर्वसम्मत निर्वाचित भए । समावेशी उपाध्यक्षमा उमा आलेमगर निर्वाचित भइन् । आले मगरले ३६ मत पाउँदा प्रतिस्पर्धी राधिका शर्मा कँडेलले २७ मत प्राप्त गरिन् ।
परशुराम शर्मा महासचिव निर्वाचित भए उनले ३८ मत ल्याउँदा सोही पदकी प्रतिस्पर्धी लक्ष्मी जिसी पल्पसाले २५ मत प्राप्त गरिन्।
सचिवमा राजु गिरी निर्वाचित भए । उनले ४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा विमल तिवारी निर्विरोध निर्वाचित भए । सदस्यहरूमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीन) थापा, बसबहादुर शेर्पा (बसन्त), रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल सर्वसम्मत चयन भए । निर्वाचित समितिको कार्यकाल २ वर्षको हुनेछ । सहारा क्लब पोखराका अध्यक्ष समेत रहेका अधिवक्ता केशवराज बरालको संयोजकत्वमा मञ्चका पूर्व अध्यक्ष केशव पाठक र नेपाल पत्रकार महासंघ गण्डकीका सल्लाकार गोविन्द सुवेदी सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व चयन प्रक्रिया गरेको हो । नयाँ नेतृत्वको सपथ ग्रहण माघ १२ गते हुने तय भएको निर्वाचन समितिका संयोजक बरालले जनाए ।
अधिवेशनको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरेका थिए । उनले गण्डकी प्रदेशको राजधानी पोखरामा खेल पर्यटनको अथाह सम्भावना भएको बताए । आफ्नो मन्त्रालयले खेलकुदको क्षेत्रमा विषेश ध्यान दिदैँ आएको मन्त्री थापाले जनाए । उनले मञ्चले आयोजना गर्दै आएको पोखरा स्पोर्ट्स अवार्ड सहितका कार्यक्रममा साथ दिने प्रतिवद्धता जनाए ।
मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, भूत पूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ, मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, सल्लाहकार एकराज गिरी, पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, जिल्ला अध्यक्ष माधव बराल, सहारा क्लबका अध्यक्ष केशवराज बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शसीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर लगायतले बोलेका थिए ।
सोही कार्यक्रममा मञ्चले संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष विनोद लामिछाने, गण्डकीका संस्थापक अध्यक्ष केशव पाठक, सल्लाहकार एकराज गिरी र रञ्जन अधिकारीलाई सम्मान थियो। कल्याणकारी कोषमा सहयोग गर्नुहुने सहारा क्लब, सुर्दशन रञ्जित, विजय नेपाल र दीननाथ बराललाई सम्मान गरियो । कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारले नृत्य समेत प्रस्तुत गरेको थियो ।
