पोखरा । सातौँ ब्रेज मेश्रो अवार्डबाट घान्द्रुकका हिमलाल परियार सम्मानित भएका छन् । घान्द्रुक समाज हङ्कङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सतौँ संस्करणबाट परियार सम्मानित भएका हुन् ।
पोखरामा बुधबार आयोजित एक कार्यक्रमकाबीचमा परियारलाई अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङले सातौँ ब्रेज मेश्रो अवार्ड अर्पण गरे । परियारलाई सातौँ ब्रेज मेश्रो अवार्डसँगै सम्मानपत्र, दोसल्ला र नगद ५० हजारसहित सम्मान गरिएको लामा अमृत फाउण्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।
घान्द्रुक समाज हङकङका उपाध्यक्ष दीपक कुमार गुरुङले प्रकृति संरक्षणमा परियारले दिएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको बताए । उपाध्यक्ष गुरुङले घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्ड घान्द्रुकको भौतिक विकासदेखि पर्यावरण संरक्षणमा योगदान दिने व्यक्तिहरूलाई प्रदान गर्दै आएको बताए ।
घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्ड यसअगाडि राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ, ललित गुरुङ र चिन्तबहादुर गुरुङलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङ गाउँको विकाससँगै विभिन्न क्षेत्रमा दिएका योगदानको कदर गर्दै प्रदान गरिएको अवार्डले मनोबल उच्च हुने बताए ।
कार्यक्रममा घान्द्रुक समाज हङकङका पूर्व अध्यक्ष क्याप्टेन कमल गुरुङ, ब्रेज मेश्रोम घान्द्रुक तमु समाजका अध्यक्ष गोकुल बहादुर गुरुङले बोलेका थिए । कार्यक्रम घान्द्रुक समाज हङकङका उपाध्यक्ष दीपक कुमार गुरुङको अध्यक्षता र लामा अमृत फाउण्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
