पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ ले आयोजना गरेको बृहत् खेल महोत्सवमा बुधबार पहिलो दिन विभिन्न खेल आयोजना भएका छन् ।
पुरुष फुटबल तर्फ तल्लो सिमलबोट टोल विकास संस्था र गलेश्वर युवा क्लब बीचको खेलमा गलेश्वर युवा क्लब ४ –० ले बिजयी तथा तल्लो नयाँ गाउँ र अलकापुर टोल विकास संस्था बीचको खेलमा अलकापुर १–० ले विजयी भएको वडा सचिव युवराज पौडेलले जानकारी दिए । विद्यालय फुटबलमा भ्यु प्वाइन्ट सेकेन्डरी र वेलनन एकेडेमी बीचको खेलमा वेलनन १ –० ले बिजयी भयो । सिद्ध मावि र एसो एस हर्मन माइनर विद्यालय बीच भएको खेलमा एस ओ एस १–० ले बिजयी हुन सफल भएको छ।
गरिमा टोल र तल्लो नयाँ गाउँ तर्फको पुरुष भलिबल खेलमा तल्लो नयाँ गाउँ, सुनगाभा र आदर्श टोल विकास संस्था बीचको खेलमा आदर्श टोल विकास संस्था, चन्द्र सूर्य क्लब र स्यानी मजुवा टोल विकास संस्था बीचको खेलमा चन्द्र सूर्य क्लब तथा अलकापुर टोल विकास संस्था र गलेश्वर युवा क्लब बीचको खेलमा गलेश्वर युवा क्लब बिजयी भएको छ । जनजागृती महिला समूह र अलकापुर महिला समूह बीचको महिला भलिबलतर्फको खेलमा जनजागृति महिला समूह विजयी भएको छ ।
महिला ब्याडमिन्टन सिङ्गल तर्फ मितेरी आमा समूह र एकता महिला समूह बीचको खेलमा मितेरी आमा समूह, स्यानीपाटन र सङ्गम टोल महिला समूह बीचको खेलमा स्यानीपाटन महिला समूह, आदर्श आमा समूह र लक्ष्मी टोल आमा समूह बीचको खेलमा आदर्श आमा समूह बिजयी भएका छन् ।
महिला ब्याडमिन्टन डब्बल तर्फ बेलबोट आमा समूह र जागृती आमा समूह बीचको खेलमा बेलबोट आमा समूह विजयी, एकता र अलकापुर आमा समूहबीचको खेलमा एकता आमा समूह बिजयी तथा सिद्धेश्वर मातृ शक्ति समूह र ठूली मजुवा आमा समूह बीचको खेलमा ठूली मजुवा विजयी भएको वडा सचिव पौडेलले जनाए ।
यस अगाडि खेल महोत्सवको एक भव्य कार्यक्रमकाबीचमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । खेल महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुने वडाध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए । महोत्सव अन्तरगत बिहीबार विभिन्न विधाका खेल प्रतियोगिता सञ्चालन हुने संयोजक आशिष भण्डारीले बताए । महोत्सवको आयोजनाले पोखरा १५ का खेलाडी तथा खेलप्रेमीमा रौनकता थपेको छ ।
