पोखरा । चौधरी ग्रुप अन्तर्गत रहेको सिजी नेट जडान मार्फत पोखरा लामाचौरकी रितु गुरुङले स्कुटर जित्न सफल भएकी छन् । गत मंसिर ७ गते काठमाडौँमा भएको लक्की ड्र मार्फत गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन ।उक्त स्कुटरको हाल बजार मूल्य २ लाख ६५ हजार रहेको छ ।
शुक्रबार पोखराको अर्चलबोटमा रहेको सिजी प्लाजामा एक कार्यक्रमको आयोजना गरि स्कुटर विजेता गुरुङलाई सिजीका सेल्स एण्ड मार्केटिङ नेशनल हेड आकेश जैसवालले स्कुटरको चाबी हस्तान्तरण गरेका हुन् ।
देशै भरिबाट २ महिनाको अवधिमा सिजी नेट जडान गर्ने नयाँ तथा रिन्यु गर्ने ग्राहकहरूबाट लक्की ड्र मार्फत पोखराकी रितु गुरुङ विजेता बन्न सफल भएको नेशनल हेड जैसवालले बताए ।
२ महिनाको उक्त अफरको बिचमा दैनिक, साप्ताहिक, मासिक र बम्पर उपहारको कार्यक्रम सञ्चालन गरेको जैसवालले उल्लेख गरे । सिजी नेटले गएको असोज १ गतेबाट कार्तिक ३० गते सम्म ‘ल है आयो हातै खाली नरहने अफरको बहार योजना सञ्चालन गरेको सिजी नेट पोखराका ब्रान्च म्यानेजर दिपेश सिग्देलले जानकारी दिए ।
स्कुटर विजेता रितु गुरुङले आफूले कल्पना पनि नगरेको उपहार प्राप्त गरेको बताइन् । उनले सिजी नेट जडान पश्चात सहज रुपमा इन्टरनेट सेवा प्राप्त गरेको उल्लेख गरिन् ।
कार्यक्रममा सिजी फुडबाट गण्डकी प्रदेश म्यानेजर सुनिल सुवेदी, सिजी बे्रवरीका गोपाल पुरी, सिजी बेब्रेजका सुमन पोख्रेल, सिजी डिजिटल इन्चार्ज रञ्जिता पहारी लगायत सिजी ग्रुपका अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।