पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवस्था ठीक नभएका ३५ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले दिएको जानकारी अनुसार यहीं कार्तिक १४ र १५ गते सवारी साधन चेकजाँच गर्दा अवस्था ठीक नभएका ३५ वटा सवारी साधन नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा सवारी साधन चेकजाँच गरिएको थियो । 

अवस्था ठिक नरहेका सवारी साधनमा सवारी गरी चर्को आवाजमा ध्वनि प्रदुषण गरेकोमा नियन्त्रणमा लिई ट्राफिक कारवाही गरिएको उनले खुलाएका छन्।

सूचना अधिकारी शर्माले कसैले स्वरुप परिवर्तन गरी ध्वनि प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि अनुरोध समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0