पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको बताएका छन् । नेकपा (एमाले) पोखरा १७ ले आज आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्ता आधारको उपयोग गर्दै समृद्धिसँग जोड्नुपर्ने बताए । 

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका अधिकारले प्राकृतिक सम्पदा र मौलिक संस्कृतिको संरक्षण तथा प्रचार प्रसारमा जोड दिँदै पर्यटकको आकर्षण बढाउनु पर्ने आवश्यकता औँल्याए । भ्रष्टाचारी र सहकारीको बचत अपचलन गर्ने कुनै पनि व्यक्ति एमाले हुन नसक्ने बताउँदै नेता अधिकारीले भने- ‘त्यस्ता व्यक्तिलाई सरकार र सडकबाट होइन संवैधानिक व्यवस्था अनुसार न्यायालयले टुङ्गो लगाउँछ ।’

 एमाले पोखरा १७ का कार्यवाहक वडाअध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा इन्चार्ज सुभास ढुङ्गाना, नेपाली काङ्ग्रेस वडा सभापति देवराज आचार्य लगायतले मुलुकको वर्तमान अवस्था र तिहारको महत्व माथि चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0