पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएका छन् । पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्रीले पोखराबाट सेवा सञ्चालन गर्ने एअरलाइन्स र नागरिक उड्यन प्राधिकरणको प्रतिनिधिलाई आज मन्त्रालयमै बोलाएर सहज सेवा दिन आग्रह गरेका हुन् ।

चाडपर्वको समय त्यसमाथि पनि अहिले विपद्का कारण राजमार्ग अवरुद्ध भएकाले यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउन उनले अनुरोध गरे । यो संवेदनशील हुने बेलामा मौका नछोप्न उनले एयरलाइन्सहरूलाई आग्रह गरे। पोखरा सहित गण्डकी प्रदेशको बिभिन्न जिल्लाका मुख्य सडक वर्षापछिको बाढी पहिरोले क्षति पुर्‍याउँदा यातायात आउजाउ सहज छैन । पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा काठमाण्डौँ–पोखरा हवाई यात्रामा चाप बढेको छ । पोखराबाट यति, बुद्ध, श्री एयरलाइन्सले सेवा दिँदै आएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0