पोखरा । पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गनाइजेशन अन्तर्रगतको हिमालय मोटरक्स प्रा.लि.लाई नियुक्त गरेको छ ।

 पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रा.लि.को सोरुममा गई दिपल गाडी बुकिङ गर्न सकिने छ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडी पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

दिपलको एस ०७ र एल ०७ लगायत अन्य मोडेलहरू उपलब्ध हुने बताईएको छ । गाडी बुकिङ गर्ने ग्राहकहरूलाई एक साता भित्रै गाडी उपलब्ध गराइने कुरा कम्पनीले जानकारी गराएको छ । दिपलको एस ०७ इ एसयूभी इन्टेलिजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडीको मुल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सिङ्गल चार्जमा ४१० देखी ४८५ कि.मी. रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । एल ०७ को मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । हिमालय अर्गनाइजेशन अन्तर्रगतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.फोर्स मोटर्सका गाडीको लागि नेपालको आधिकारिक बिक्रेता हो । विगत ३ दशक भन्दा बढि समय देखी यस अर्गनाइजेशन अटोमोबाइल्स व्यवसायमा सक्रिय रहदैँ आएको छ । यो समुहका अध्यक्ष ध्रुव थापा हुन् । उनी नाडाको निर्वतमान अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0