पोखरा । पोखरा महानगरपालिका नगर युवा परिषद्ले पञ्चवर्षीय रणनीतिक कार्य योजना नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ ।

युवा लक्षित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि आगामी पाँच वर्षका लागि रणनीतिक कार्य योजना तयार गरी नगर प्रमुख आचार्यलाई बुझाइएको परिषद्का उपाध्यक्ष सन्तोष न्यौपानेले बताए ।

नगर प्रमुख आचार्यले देशभरिका स्थानीय सरकारहरूले यसको अभ्यास गरिनसकेको अवस्थामा पोखरा महानगरपालिकाले पहिलो पटक युवाहरूको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले नगर युवा परिषद्को संरचना निर्माण गरिएको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको उपस्थिति रहेको थियो । रणनीतिका कार्य योजना निर्माणमा एकाउन्टीविलिटी ल्याबले पनि सहकार्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0