पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि रु.७ अर्ब १५ करोड २५ लाख बजेट प्रस्तुत गरेको छ । १९ औँ नगर सभाको बैठकमा उपप्रमुख मन्जुदेवी गुरुङले महानगरपालिकाका वार्षिक नीति तथा कार्यक्रमहरू कार्यान्वयनका लागि रु.७ अर्ब १५ करोड २५ लाख बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटको खर्च व्यहोर्ने स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु.२ अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु.५ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान रु. १ करोड ८२ लाख, सङ्घीय सरकार समानिकरण अनुदान रु. ४९ करोड ३७ लाख गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु.३ अरब १८ करोड ६० लाख रहने छ ।
यस्तै गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ रु.६० लाख, गण्डकी प्रदेश सरकार विशेष अनुदान रु.४० लाख र गण्डकी प्रदेश सरकार समानिकरण अनुदान तर्फ रु.८ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु. ९ करोड १५ लाख ३६ हजार हुनेछ ।
राजश्व बाँडफाँड तर्फ सङ्घीय सरकारबाट प्राप्त हुने रु.३४ करोड ३४ लाख ७३ हजार, राजश्व बाँडफाँड गण्डकी प्रदेश सरकारबाट रु.४ करोड ९ लाख ८६ हजार, राजश्व बाँडफाँड स्थानीय सरकार तर्फ रु.१ अरब ३१ लाख १४ हजार र आन्तरिक स्रोत तर्फ रु.२ अरब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय रु.३ अरब ८७ करोड ४९ लाख ६४ हजार हुने अनुमान गरिएको छ ।
कूल विनियोजन ७ अरब १५ करोड २५ लाख मध्ये चालु खर्च तर्फ ५५.१५ तथा पुँजीगत खर्च तर्फ ४४.९५ रहेको छ । पोखरा महानगरपालिकाको आर्थिक विधेयक २०८३ तथा विनियोजन विधेयक २०८३ समेत सभामा पेस भएको छ ।
सभाको अर्को बैठक आषाढ १७ गते दिउँसो २ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
















