पोखरा। पोखरा महानगरपालिका वडा नम्वर १५ को आयोजनामा बुधबारदेखि पोखरा महानगरपालिका विद्यालयस्तरीय छात्रछात्रा बुद्धिचाल प्रतियोगिता सुरू भएको छ।
‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’ भन्ने नाराका साथ पोखराको कोलपाटनस्थित वडा कार्यालय परिसरमा सुरू प्रतियोगिताको वडा अध्यक्ष तोरणबहादुर बानियाँले उदघाटन गरे।
२ दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका विभिन्न ३८ विद्यालयबाट प्रतिनिधित्व गर्ने एकएक जना छात्रछात्राले भाग लिएको प्रतियोगिता संयोजक एवं वडा सदस्य आशीष भण्डारीले जानकारी दिए । उनका अनुसार विजेता विद्यालयलाई ट्रफी तथा विद्यार्थीलाई नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिनेछ । गण्डकी प्रदेश बुद्धिचाल संघको व्यवस्थापनमा प्रतियोगिता भएको हो।

छात्रछात्रा दुबैतर्फ उत्कृष्ट दशौसम्म पर्ने १०/१० जनाले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रथमले २ हजार ५५०, दोस्रोले २ हजार ५०, तेस्रोले १ हजार ५००, सान्त्वना २ जनाले १ हजार ५० नगद प्राप्त गर्नेछन्।
नियमित रूपमा खेलकुद महोत्सव आयोजना गर्दै आएको वडा कार्यालय १५ ले भौतिक विकासमात्र नभइ मानवीय विकासमा जोड दिने गरि चेस प्रतियोगिता पनि गरेको वडाध्यक्ष बानियाँले बताए।
उनले चेस प्रतियोगता पनि गरिदिनु भनी प्रपोजल आएकोमा हामीलाई राम्रो लागेपछि सहयोग गरेको बताए । उनले भने, ‘हाम्रो फरक पाटो छ, नागरिक स्वस्थ हुनुपर्छ, अनि बल्ल स्वास्थ समाजको परिकल्पना गर्दछौं । त्यसैले खेलकुद महोत्सव गरिरहेका छौं।’
वडाले आफ्नै खर्चमा हरेक माघमा गर्ने खेलकुद महोत्सवमा वडाका हजारौं नागरिकलाई खेलमा समेट्ने गरेको छ। गत चौथो संस्करणमा १५ इभेन्टमा ५ हजार जनाको सहभागीता थियो। दशौ हजारले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागीता जनाएको बानियाँले बताए। खेलकुद महोत्सवमा महानगरस्तरमा हक्की र १० किमी साइक्लिङ भएकोमा चेस छुटेको उल्लेख गरे।
उनका अनुसार वडाले ६० प्रतिशत भौतिक पूर्वाधार र ४० प्रतिशत मानवीय विकासमा बजेट बिनियोजन गर्दै आएको छ।

यसैबीच, वडाले यही जेठ ३ गते हरियोखर्क अस्पतालमा अभिभावक, विद्यार्थी र शिक्षकबीच विभिन्न विषयमा केन्द्रीत रहेर सचेतता र क्षमता विकास कार्यक्रम गर्दैछ ।
बुद्धिचाल प्रतियोगिताको उदघाटन सत्रमा गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले यो खेलले विद्यार्थीको मानसिक विकासमा महत्त्वपूर्ण टेवा दिने बताए ।
चर्चित हास्य कलाकार समेत रहेका भण्डारीले प्रतियोगीलाई गोटी चाल्नुअघि निकै ध्यान दिनुपर्ने सुझाव समेत दिए ।
गण्डकी प्रदेश बुद्धिचाल संघका सचिव एवं चिफ आर्विटर रामबहादुर क्षेत्रीले खेलाडीलाई नियमबारे प्रस्ट पारे ।
कार्यक्रम संयोजक वडा सदस्य आशीष भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन वडासचिव मोतिराज पोखरेलले गरे।
प्रतियोगिताको निर्णायकमा चिफ आर्विटर रामबहादुर क्षेत्री, गण्डकी प्रदेश बुद्धिचाल संघ अध्यक्ष युवराज भण्डारी, मदरल्याण्ड चेस क्लब अध्यक्ष परिवेश थापा छन्।गण्डकी प्रदेश बुद्धिचाल संघ अध्यक्ष युवराज भण्डारी, मदरल्याण्ड चेस क्लब अध्यक्ष परिवेश थापा छ
















