पोखरा । सांस्कृतिक कार्यक्रमका लागि नेपालको प्रतिनिधित्व गर्दै पोखराबाट बङ्गलादेश जाने सांस्कृतिक टोलीको बिदाई गरिएको छ । शनिबार लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष तथा तरेली सांस्कृतिक परिवारका मानार्थ सदस्य पदमराज ढकालको नेतृत्वमा बङ्गलादेशको राजधानी ढाका जाने १० जनाको टोलीलाई बिदाई गरिएको हो ।

टोलीमा ढकाल सहित कलाकारहरू जीवन दाहाल, राज बहादुर गुरुङ, सृष्टि गुरुङ, नमराज क्षेत्री, ब्राजिल तामाङ, पवित्रा गुरुङ, कमल बहादुर गुरुङ, द माया गुरुङ, रोहित गुरुङ र मौसम गुरुङ रहेका छन्। 

 लेखनाथ साहित्य प्रतिष्ठानको तर्फबाट सो टोली यही बैशाख ३१ गते बङ्गलादेश प्रस्थान गर्नेछ। बङ्गलादेशमा रहेको नेपाली राजदूतावास र बङ्गलादेश नेपाल फ्रेन्डसिप सोसाइटीको संयुक्त आयोजनामा हुने नेपाल फेस्टिभलमा सहभागी हुन ढाका जान लागिएको लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष ढकालले जानकारी दिए । सो टोली जेठ ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

ढकालको नेतृत्वमा तेस्रो पटक नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक टोली ढाका जान लागेको हो । यसअघि पहिलोपटक २०७९ साल र दोस्रो पटक सन् २०२३ मा नेपालको प्रतिनिधित्व गरेर बङ्गलादेश गएको संयोजक ढकालले जानकारी दिए । तरेली सांस्कृतिक परिवारले शनिबार एक कार्यक्रमको आयोजना गरेर उनीहरूको बिदाइ गरेको हो । उनीहरूलाई परिवारका मानार्थ सदस्य तारा बहादुर गुरुङले बिदाइ गरेको सचिव रविन गुरुङले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0