पोखरा । सिद्धार्थ स्मृति क्लबद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित मोहोरिया मेला तथा साविक वडा स्तरीय भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा ध्रुव तारा युएइ रूपा–६ प्रथम भइ ४० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने हुक्का मुस्लिम समाज भिमाद–२ तनहुँ दोस्रो भई २५ हजार र भुजिकोट तनहुँ तेस्रो भई १० हजार नगद सहित पुरस्कृत भए। उत्कृष्ट खेलाडीको उपाधि मन्जुर मिया रूपा–६ लाई प्रदान गरिएको थियो।
क्लबका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरी रहेका थिए । प्रमुख अतिथि गिरीले क्लबको सफल आयोजनाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। अध्यक्ष गुरुङले यस्ता कार्यक्रमले युवाहरूमा खेलकुदप्रति रुचि बढाउने र समाजमा एकता तथा सहकार्यको भावना विकास गर्ने उल्लेख गरे ।
समग्रमा, कार्यक्रम उत्साहजनक सहभागिता र व्यवस्थित सञ्चालनका साथ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। संस्थाका पूर्व अध्यक्ष झलक गुरुङले वर्षेनी मेलामा मौसमले साथ नदिने हुँदा इन्डोर भलिबल कोर्ट बनाउन सके खेलतालिका अनुसारले सञ्चालन गर्न सकिने मोहोरिया मेला सञ्चालन गर्न देशविदेशबाट सहयोग गर्नुहुने सबै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । खड्कबहादुर गुरुङले विदेशमा रहे पनि संस्थालाई चलायमान बनाउन सहयोग गरेको कुरा उल्लेख गरे ।
प्रतियोगिता सम्पन्न गर्न कार्यक्रम संयोजक सुरेज गुरुङ, सचिव मोहन राना तथा पूर्व अध्यक्ष झलक गुरुङको सक्रियताले सहज भएको कल्बले जनाएको छ।
















