पोखरा । प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४८ प्रतिशतको हाराहारीमा मत पाएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ १ करोड ३ लाख १९ हजार ९ सय ४२ मतगणना हुँदा रास्वपाले ४९ लाख ६३ हजार ८८३ मत मत पाएको छ ।
यसैगरी नेपाली काङ्ग्रेसले १६ लाख ७७ हजार ६५१, नेकपा एमालेले १३ लाख ९२ हजार ६२२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ लाख ५५ हजार ५१४ मत पाएका छन् ।
यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ४८ हजार ७५२ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २३ हजार २४९ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा चुनावमा झन्डै १ करोड १० लाख मत खसेको थियो । समानुपातिक तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
















