पोखरा । तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने भएको छ। तमु जातिको महान चाड एवम् नयाँवर्ष आगमनको अवसरमा आँउदो पुस १४, १५ र १६ गते पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव २०८२ गर्ने निर्णय गरेको हो।
तमु धिं नेपाल मुख्य आयोजक र क्षेत्रिय तमु समाजहरू आयोजक रहने तमु ल्होछार महोत्सव भव्यताका साथ आयोजना गर्न तमु र्धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङ अध्यक्षतामा २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
मूल आयोजक समितिमा तमु धिं नेपाल, जिल्ला समिति, क्षेत्रिय तमु समाजहरू, केन्द्रिय युवा समिति, केन्द्रिय आमा समिति, पालिका समितिका अध्यक्षहरू रहेकाछन्।
ल्होछार महोत्सवमा र्याली एवम् झाँकी प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता, पोशाक तथा तमु भाषा प्रतियोगिता, भलिबल प्रतियोगिता, परम्परागत छेलो प्रतियोगिता, रोधिं, लोकदोहोरी विविध सांस्कृतिक प्रस्तुतिसहित विशेष आकर्षक साँगीतिक कार्यक्रमहरू समावेश हुने भएको छ। महोत्सवमा सांस्कृतिक, पर्यटन, परम्परागत खाना, कृषि, सूचनाप्रविधि, बैङ्किङ, व्यवसायिक लगायतका स्टलहरू राखिने तमु धिंले जनाएको छ।
यसवर्षदेखि ल्होछारलाई महोत्सवको रुपमा प्रारम्भ गरी आगामीवर्षहरुमा थप व्यवस्थित गर्दै पोखरामा पर्यटन आकर्षणको महोत्सवको रुपमा विकास गर्ने योजना रहेको बताइएको छ।











