पोखरा । घिमिरे युवराज निर्देशित नाटक ‘लस्ट एण्ड फाउन्ड’ नाटक पोखरामा मञ्चन हुने भएको छ। नाटक कार्तिक १ गते साँझ ५ बजे पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ ।  शिल्पी थिएटरको प्रस्तुतीमा तयार भएको नाटक युरोपेली सङ्घको सहयोगमा मञ्चन गर्न लागिएको हो ।

यो नाटकले नागरिकताविहीनता, पहिचानको खोज, मानसिक आघात र सम्बन्ध जस्ता संवेदनशील विषयहरू उठाएको छ। २५ वर्षीया गाइड भूमि र क्यानाडाबाट आएका सागरबीचको यात्रा र संवादमार्फत कथाले गहिरो सामाजिक प्रश्नहरू उठाउँछ।  नाटक पोखरेली दर्शकले निःशुल्क रुपमा हेर्न पाउनेछन् । पोखरामा हुने मञ्चनको तयारी पुरा भएको आयोजकको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0