पोखरा । नेकपा (एमाले) कास्कीले भोटेकोसी विपद् राहत कोषका लागि ४ लाख ४१ हजार २ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेकपा (एमाले) केन्द्रीय कमिटीको निर्देशनअनुसार पार्टीको आन्तरिक पंक्तिबाट जिल्ला कमिटी कास्कीको कार्यालयमा संकलन भएको ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ र पोखरा महानगर कमिटीमार्फत यसअघि संकलन भएको १ लाख ७ हजार ९ सय २२ रुपैयाँ गरी कुल ४ लाख ४१ हजार २ सय ५५ रुपैयाँ राहत कोषको खातामा जम्मा गरिएको हो ।

संकलित रकम कोषको खातामा जम्मा गरेपछि त्यसको भौचर एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्रीले पार्टी सचिव खगराज अधिकारी र गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मालाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

राहत रकम संकलनमा सहयोग गर्ने पार्टीका नेता, कार्यकर्ता, मातहतका पार्टी कमिटी तथा जनसंगठनप्रति अध्यक्ष क्षेत्रीले धन्यवाद व्यक्त गरेका छन् । उनले विपद्का समयमा पार्टीको आन्तरिक पंक्तिबाट प्राप्त सहयोगले प्रभावित परिवारलाई राहत पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0