पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरिएको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी असोज १६, १७ र १८ गते हुने भनिएको महाधिवेशन विशेष परिस्थितिका कारण निर्धारित मितिमा गर्न सम्भव नभएपछि नयाँ मिति तय गरिएको हो।

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरका अनुसार २०८३ साल भदौ २५ गते बसेको सचिवालय बैठकले महाधिवेशन आगामी असोज २२, २३ र २४ गते महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आयोजना गर्ने निर्णय गरेको हो।

यसअघि प्रतिष्ठानको ९औँ राष्ट्रिय महाधिवेशन असोज १६, १७ र १८ गते सम्पन्न गर्ने पूर्वनिर्धारित कार्यतालिका सार्वजनिक गरिएको थियो। विशेष परिस्थितिका कारण उक्त मितिमा महाधिवेशन गर्न सम्भव नभएपछि सचिवालय बैठकबाट मिति परिवर्तन गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले मिति परिवर्तनबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै महाधिवेशन सफल बनाउन सबैको निरन्तर सहयोग, साथ र सहकार्यको अपेक्षा गरेको छ।

महासचिव शिव हमाल र अध्यक्ष रीता थापा मगरद्वारा जारी विज्ञप्तिमा महाधिवेशनको नयाँ मिति र स्थानबारे सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0