पोखरा । पोखरा महानगरपालिका–१९, अकलास्थित अकलादेवी मन्दिर धार्मिक क्षेत्र विकास समितिले मानवसेवा आश्रम, हेमजाको अक्षयकोष श्रीवृद्धिका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।  बैशाख १९ गतेदेखि पोखरामा सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा समितिले १ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान गरेको हो । 

सोमबार महायज्ञ स्थलमा उपस्थिति जनाउँदै समितिका प्रतिनिधिहरूद्वारा उक्त रकम औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। धार्मिक तथा सामाजिक सेवामा समर्पित संस्थाको यो योगदानले आश्रमको अक्षयकोषलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

यज्ञ मूल आयोजक समितिले उक्त सहयोगका लागि अकलादेवी मन्दिर धार्मिक क्षेत्र विकास समितिप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता पुण्य कार्यहरूले मानव सेवा अभियानलाई अझ सशक्त बनाउने जनाएको छ।

महायज्ञमार्फत सङ्कलित सहयोगलाई मानवसेवा आश्रमले असहाय, अशक्त तथा बेवारिसे नागरिकहरूको संरक्षण, उपचार तथा पुनर्स्थापनामा उपयोग गर्ने जानकारी दिएको छ।  पोखरा २५ हेमजामा सञ्चालन भइरहेको महायज्ञ बैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0