पोखरा । गुरुङ (तमु) समुदायको ऐतिहासिक तथा सांस्कृतिक उद्गमस्थल मानिने क्होला सोँप्रे ट्हो (क्होलासोंथर) को अध्ययन, संरक्षण र अन्तर्राष्ट्रिय पहिचानका लागि यूकेबाट आएको टोली आइतबार भुजुङ तर्फ प्रस्थान गर्ने भएको छ । तमु प्ये ल्हु संघ यूकेको संयोजकत्वमा गठन गरिएको करिब ५५ सदस्यीय टोली वैशाख ६ गते देखि अध्ययन तथा अवलोकन भ्रमणमा निस्कने जानकारी शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत दिइएको हो।

 सङ्घका अध्यक्ष क्या. डेम बहादुर गुरुङको नेतृत्वमा हुने उक्त भ्रमण वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ। भ्रमणको व्यवस्थापनमा द्वितीय उपाध्यक्ष अमर गुरुङ संलग्न रहेका छन्। भ्रमणअघि वैशाख ५ गते शनिबार साईतको छ्योप पूजा गरिनेछ। यसमा सहभागी सबै सदस्यहरूको उपस्थिति रहनेछ भने पूजा सम्पन्नपछि विभिन्न विषयमा छलफल गर्न बैठक समेत आयोजना गरिने जनाइएको छ।

\टोलीले पोखराको रानीपौवाबाट यात्रा सुरु गर्दै बेँसीसहर, घलेगाउँ, भुजुङ लगायतका स्थान हुँदै क्होला सोँप्रे ट्हो पुग्ने योजना बनाएको छ। यात्राको क्रममा विभिन्न धार्मिक संरचनाको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ। कठिन पदयात्रापछि क्होला सोँप्रे ट्हो पुगेर टोलीले छ्योप पूजा र थासोँ पूजा गर्नेछ तथा स्थलगत अध्ययन र अवलोकन गर्नेछ। त्यसपछि टोली सिक्लेस गाउँतर्फ प्रस्थान गर्नेछ, जहाँ स्थानीय समुदायसँग अन्तरक्रिया र संरचनाहरूको अवलोकन गर्ने कार्यक्रम छ। 

भ्रमण सम्पन्नपछि पोखरामा विशेष समारोह आयोजना गरिनेछ। उक्त कार्यक्रममा देशका विभिन्न जिल्लामा निर्माण भएका तथा निर्माणाधीन संरचनाहरूका लागि आर्थिक सहयोग हस्तान्तरण गरिनेछ। साथै सांस्कृतिक कार्यक्रममार्फत तमु समुदायको परम्परा प्रस्तुत गरिनेछ। यस अभियानमा तमु प्ये ल्हु संघका केन्द्रीय, महिला, युवा तथा जिल्ला समितिहरूका साथै कास्की, लमजुङ, भुजुङ र सिक्लेसका स्थानीयवासीहरूको सक्रिय भूमिका रहने बताइएको छ। पत्रकार सम्मेलनमा बोल्दै तमु प्ये ल्हु संघ  युकेका अध्यक्ष  क्याप्टेन  क्या। डेमबहादुर योज तमुले सोँप्रे ट्होको अध्ययन अवलोकन टोलीले त्यहाँको सिमेभुमेपितृ–पुर्खाहरूको सम्मानमा ‘छ्योप’ र ‘थासो’ पूजा गर्ने छ ।

भ्रमणमार्फत विश्वभर रहेका तमु समुदायलाई आफ्नो मौलिक जरा र पहिचानसँग जोड्ने तथा क्होला सोँप्रे ट्होलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको तमु प्ये लु सङ्घका केन्द्रिय अध्यक्ष ओम बहादुर गुरुङले बताए । जति टोलीले अध्ययन गरे पनि त्यसको निष्कर्ष सहित सम्बन्धित ठाँउमा मुख्य मागहरु पेश गर्ने योजना रहेको उनले सुनाए ।गुरुङ समुदायको कला संस्कृति र आफ्नो परम्परालाई संरक्षण गर्न सके नेपालको पर्यटन समेत प्रबद्र्धन हुने तमु प्यु सङ्घका महासचिव हर्क गुरुङले बताए ।

उक्त थलोलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन राज्यसँग पहल गर्नका लागि ऐतिहासिकता झल्किने डकुमेन्ट्री निर्माण गर्ने र खेगीगुरुहरूबाट प्राचीन जानकारी संकलन गरी क्होला सोँप्री ट्हो दर्पण’ प्रकाशन गर्ने लक्ष्य राखेको तमु प्ये ल्हु सङ्घ युकेका सचिव भेग गुरुङले बताए । तमु प्ये ल्हु संघ केन्द्रीय समिति, कास्की र लमजुङ जिल्ला समिति तथा स्थानीय भुजुङ र सिक्लेसवासीले यस ऐतिहासिक भ्रमणको व्यवस्थापनमा सहयोग गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0