पोखरा । गुरुङ फिल्म एशोसियसन नेपालको आठौँ राष्ट्रिय अधिवेशन भदौ २९ गते पोखरामा हुने भएको छ । जिफानको गत असार १० गतेको पूर्ण बैठकले अधिवेशनको मिति तोकेको थियो । अधिवेशनमा सहभागी बन्ने प्रतिनिधिको सङ्ख्या एक-दुई दिनमा फाइनल हुने अध्यक्ष गुञ्जबहादुर गुरुङले जानकारी दिए ।

अधिवेशनले आगामी कार्यकालको लागि नेतृत्व चयन गर्नेछ ।नेतृत्वमा पुग्नको लागि आकाङ्क्षा राख्‍नेहरूको सङ्ख्या धेरै भएपनि सर्वसम्मतिमा नेतृत्व सहितको समिति बनाउने पहल समेत भैरहेको बताइएको छ ।

अधिवेशनलाई भव्य बनाउन निर्वाचन समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।अधिवेशन तमु धिं नेपालको कार्यालय नयाँबजार पोखरामा बिहान ८ बजेबाट सुरु हुनेछ ।

जिफानले यतिबेला बहुउद्देश्यीय योजना जग्गा खरिद गरेर भवन निर्माण गर्ने अभियान सञ्चालन गरेको छ । यो अभियानमा सहयोग आउनेक्रम जारी रहेको छ अध्यक्ष गुरुङले बताए । अधिवेशन र भवन निर्माण अभियानलाई लक्षित गरेर हालै अगुवा भेला समेत आयोजना गरिएको थियो । जिफानको स्थापना २०६५ सालमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0