पोखरा । जिल्ला समन्वय समिति कास्कीद्वारा मङ्गलबार  सडक डिभिजन कार्यालय पोखरा मातहतका योजना अनुगमन गरेको छ। सो कार्यालय मातहत सञ्चालित कास्की र पर्वत जोड्ने भुरुङ्दी खोला मोटरवेल पुलसुइखेत सेरा मोटरवेल पुल अनुगमन गरिएको हो । 

कास्की जिल्ला अन्नपूर्ण गापापर्वत जिल्ला मोदी गापाभुरुङ्दी खोलामा निर्माणधीन पक्की पुलको  २०७२ कार्तिक महिना सम्झौता भएर करिब ९ वर्ष सम्म निर्माण अवरुद्ध रहेको थियो।  सडक  डिभिजन कार्यालय बाग्लुङ मातहत सञ्चालित  सो आयोजना  आर्थिक वर्ष २०८०/२०८१ फागुनमा सडक डिभिजन कार्यालय पोखरा लाई  हस्तान्तरण भए पश्चात् जिल्ला समन्वय समिति कास्कीको निरन्तर अनुगमन, समन्वय पश्चात आयोजनाको करिब ८५ प्रतिशत भौतिक निर्माण कार्य  सम्पन्न भएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको छ। 

त्यसै गरि पोखरा २५ मा निर्माणाधीन अर्को सुइखेत सेरा मोटरवेल पुलको समेत अनुगमन गरि निर्माण प्रगतिको जानकारी लिइएको जनाइएको छ।  २०७८ जेठ २९ मा सम्झौता भएर २०८० मंसिर ३० मा निर्माण सम्पन्न हुनुपर्ने उक्त पुलको दुई पटक म्याद थप भैसकेको जनाइएको छ। २ स्प्यान मा ६० मिटर का लामो उक्त पूल २०८३ असार मसान्तसम्म सम्पन्न गर्ने गरि कार्य भैरहेको निर्धारित मितिमा हुनेमा आशावादी रहेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उल्लेख गरे ।  

अनुगमनका क्रममा आयोजना सुचारु गर्नु अघि उपभोक्तासँग टुङ्गिनु पर्ने विषयमा सो नगरी आयोजना थालनी गरिएको, आयोजना निर्माणका क्रममा  बिचमा आउने मागहरू, बजेट कम बिनियोजन, सरकारी पक्ष बाट समयमा रकम भुक्तानीमा ढिलाइ   हुनु र आयोजनामा रकम अभाव , नीति नियमको कार्यान्वयन फितलो, र निर्माण कम्पनीहरूको लापरबाही जस्ता कमजोरी देखिएको उनले बताए । कमीकमजोरीको समयमै निराकरण गर्ने सरकारी निकाय गम्भीर बन्नुपर्ने भन्दै पौडेलले स्थानीय सरोकारवाला उपभोक्ता समेत सचेत हुनुपर्ने उल्लेख गरे ।

 त्यसैगरी निर्माण प्रारम्भ भएर पटक पटक ध्यानाकर्षण गराउँदा समेत योजनाको ठेक्का प्रक्रिया नै रद्द हुन पुगेको फिर्केखोला पुलको निरीक्षण समेत गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए।  यश आर्थिक वर्षमा बजेट नै बिनियोजन हुन नसकेको भन्दै उक्त पुलको पुन: ठेक्का प्रक्रिया अवरुद्ध रहेको छ। फिर्केस्थित पुरानो पुलबाट हाल यातायात सञ्चालन भैरहेको अवस्था भए पनि तार बार अभावमा अत्याधिक दुर्घटनाको जोखिम देखिएको हुँदा तत्काल अस्थायी सुरक्षाको प्रबन्ध मिलाइएको बताइएको छ। जिससको टोलीले बुधबार पूर्वाधार तर्फको  योजना अनुगम गर्ने समन्वय अधिकारी बरालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0