पोखरा । नेपाली महिलाहरूको महानपर्व हरितालिका तीजको अवसरमा आयोजित हेमजा तीज मेला २०८१ मा कमल जौशी समुह प्रथम भएको छ । द्वितीय स्थानमा देउराली आमा समुह र तृतीय स्थानमा शान्ति आमा समुह आउन सफल बने ।  जन कल्याण र राधाकृष्ण आमा समुह सान्त्वना बने ।

प्रथम, द्वितीय, तृतीयले  क्रमश नगद २० हजार, १५हजार र १० हजार तथा  सान्त्वना दुई समुहले नगद ५/५ हजार र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट भेषभुषा दहरे देउराली आमा समुह, उत्कृष्ट स्वर इन्द्रेणी आमा समुह, र उत्कृष्ट नृत्य प्रगतिशील आमा समुहले प्राप्त गरे  ।

कार्यक्रमलाई सम्बोधन गदै पोखरा महानगरपालिका वडा न.२५ हेमजा वडा सदस्य एवं कार्यवाहक अध्यक्ष धन कुमारी पोख्रेल  तिमिल्सिनाले कला,संस्कार संस्कृतिको संरक्षण प्रवर्द्धन देखि हेमजाका हरेक विकास गतिविधिमा महिला तथा युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन्। सोही क्रममा वडाका विकास गतिविधिहरूको जानकारी सँगै वडास्तर बाट महिलाहरूको क्षमता विकासका लागि मादल बजाउने तालिम देखि अन्य जीवन उपयोगी कार्यक्रमलाई प्राथामिकतामा राखेको बताइन् ।

विष्णुपादुका क्लबका सचिव बसन्त श्रेष्ठले विष्णुपादुका क्लब, हेमजामा रहेको सम्पूर्ण महिलाहरूसँग सम्बन्धी सघंसस्था, क्लब अथवा महिला सञ्जाल,आमासमुहले हरेक महिलाहरूको सशक्तिकरणको लागि  कुनै पनि भौतिक, नैतिक तथा आर्थिक सहयोगका लागि सहकार्य गर्न तयार रहेको  उल्लेख गरिन् । क्लबको भवन निर्माणको योजनामा रहेको र निर्माण कार्यको लागि आवश्यक सहजिकरणका लागि वडा कार्यालय देखी सम्पूर्ण हेमजाबासीमा एक भएर सहजिकरण लागि अगाडि बढ्न अनुरोध गरिन् ।क्लबले कार्यक्रमकाबीच हेमजामा रहेका आमा समुह, भजन समुहलाई खैञ्जडी मुजुरा वितरण गरेको थियो ।

कार्यक्रममा  नेपाल पत्रकार महासङ्घ, केन्द्रिय सदस्य सरिता तिमिल्सिना पँगेनी ,राष्ट्रिय स्वतन्त्र पाटी हेमजाका सभापति भरत अधिकारी, ने.क.पा एमाले हेमजा वडा कमिटी अध्यक्ष ऋषिराम पौडेल, मानव सेवा हेमजाका मदन थापा लगायतले शुभकामना दिएका थिए ।

प्रतियोगिताको निर्णायक तर्फ लोक गायक परशुराम अधिकारीको संयोजकत्वमा, गायिका लक्ष्मी सुवेदी र ज्ञानसरा जुगजालीले सहजिकरण गरे । बाद्यबादन तर्फ सम्मर गायक, सुनिल गायकको समुहले सहजीकरण गरेका थिए।

महिला संजाल हेमजाको आयोजना, विष्णुपादुका क्लबको सह–आयोजना तथा वडा न. २५ हेमजा वडा कार्यालयको विषेश सहयोजमा आयोजित कार्यक्रको अध्यक्षता महिला संजाल हेमजा,अध्यक्ष अप्सरा तिम्सिनाले, स्वागत गित गंगा त्रिपाठीले र शब्द द्वार स्वागत महिला संजाल सह–सचिव शान्ता केसीले र सञ्चालन महिला संजाल सचिव उमा भुर्तेल पौडेल  र भगवती अधिकारी बजगाईले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0