पोखरा। कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको १६औं संस्करणमा समेत  पोखरा महानगर पालिका च्याम्पियन भएको छ । बिहीबार पोखरा रङ्गशालामा सम्पन्न प्रतियोगितामा सर्वाधिक पदक हात पार्दै पोखरा लगातार चौथो पटक च्याम्पियन भएको हो । प्रतियोगिता अन्तर्गत एथलेटिक्स, भलिबल र कबड्डीका खेल भएका थिए ।

पोखराले प्रतियोगितामा समावेश भएका खेलमा २० स्वर्ण पदक, ८ रजत पदक र ६ काश्यसहित कुल ३४ पदकका साथ शिल्ड उचालेको हो । प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका २ स्वर्ण, ७ रजत र ८ काश्य पदकका साथ दोस्रो तथा अन्नपूर्ण गाउँपालिका २ स्वर्ण, ५ रजत र ७ काश्य पदकका साथ तेस्रो स्थानमा रह्यो ।

पोखरा  भलिबल तथा कबड्डीमा छात्र–छात्रातर्फ विजेता बन्यो । यसैगरी एथलेटिक्सतर्फ पोखरा महानगरपालिकाले १६ स्वर्ण, ८ रजत र ६ काश्य जित्दै शीर्ष स्थान हासिल गर्‍यो ।

अन्नपूर्णले भलिबलको छात्रतर्फ रजत र कबड्डी छात्र–छात्रातर्फ काश्य र   एथलेटिक्सतर्फ २ स्वर्ण, ५ रजत, ४ कांस्य पदक हात पार्‍यो ।   माछापुच्छ्रे गाउँपालिकाले  कबड्डी छात्र–छात्रातर्फ रजत र छात्रा भलिबलमा रजत सहित एथलेटिक्सतर्फ २ स्वर्ण, ४ रजत, ७ कांस्य पदक हात पार्‍यो ।  

रूपा गाउँपालिकाले  एथलेटिक्सतर्फ २ स्वर्ण, ४ रजत, ५ कांस्य पदक सहित कुल ११ पदक हात पार्‍यो  भने मादी गाउँपालिकाले एएथलेटिक्सतर्फ १ रजत, १ कांस्यपदक जित्यो

उपाधि बिजेताहरूलाई टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष एवं पोखरा महानगरका बरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरुङ, प्रतियोगिताका संयोजक रामचन्द्र गिरी, कार्यालय प्रमुख डिबी नेपाली लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस अगाडि प्रतियोगिताको उद्‌घाटन  जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले गरेका थिए ।  जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0