पोखरा । एमालेबाट गण्डकी प्रदेश सरकारमा सहभागी बनेका मन्त्रीले सपथ लिएका छन् ।

 ४ वटा मन्त्रालय लिएर सरकारमा सहभागी बनेको एमालेबाट मन्त्री बनेकी नवलपुरकी पद्मा जिसीले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालय र बागलुङका कृष्ण पाठकले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । एमालेले नयाँ अनुहारलाई सरकारमा सहभागी गराएको छ।

सपथ ग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारी सहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

 एमालेलाई सरकारमा सहभागी गराउन मन्त्रालयको सङ्ख्या बढाइएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गर्दै मन्त्रालयको सङ्ख्या ९ पुर्‍याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0