पोखरा । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट (अध्यक्षहरूको भेला) पोखरामा सम्पन्न भएको छ । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर , बुटवल साउथ ,न्युरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसि पोखरा लेकसाइडको र रोट्रयाक्ट क्लब अफ पोखराको आतिथ्यता साथै रोट्रयाक्ट क्लब अफ हेम्जा, तिलोत्तमा रूपन्देही,पशुपति काठमाडौँ, हेटौँडा, पाटन हेरिटेज र पोखरा युनिभर्सिटीको सह -आतिथ्यमा कार्यक्रम भएको हो ।
रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराका अध्यक्ष श्रीनाथ वाग्लेको अध्यक्षता र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डि आर आर बिक्रम क्षेत्रीको (डिस्ट्रिक सेसन) अध्यक्षता एवं पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रोटरी डिस्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद कोइराला, डिआरसि चियर कृष्ण प्रसाद पाण्डे, विशेष अतिथिको रुपमा डि आर आर इलेक्ट दिनेश गैरे, अतिथिको रुपमा रोटरि डिष्ट्रक मेम्बरसिप कमिटी चियर सुवास सिग्देल, प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक विश्व दर्शन पराजुली, रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स चियर रितेश ज्ञवाली, डिआरसि ध्रुब केसी, रेशम खड्का, मिलन ढकाल, सुस्मिता केसी रहेका थिए ।
अध्यक्षहरूको भेलामा देशभरका रोट्रयाक्ट क्लबहरूका अध्यक्ष एवं रोट्रयाक्ट डिस्ट्रिक्ट कमिटीका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । रोट्रयाक्ट वर्ष २४-२५ लाई प्रभावकारी एवं उत्कृष्ट रूपले अगाडि बढाउन अध्यक्षहरूको भेलाले महत्त्वपूर्ण भूमिका खेल्ने डि आर आर बिक्रम क्षेत्रीले बताए । उक्त कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्ट डाइरेक्टरीको विमोचन सँगै रोट्रयाक्ट गीत समेत रिलिज गरिएको थियो ।
सोही समारोहमा डिस्ट्रिक्ट डाइरेक्टरी प्रकाशन र प्रेसिडेन्ट नाइट कार्यक्रमलाई सहयोग गर्ने सहयोगदाताहरूलाई मायाको चिनो द्वारा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रोट्रयाक्टको माध्यमबाट व्यक्तित्व नेतृत्व विकास सँगै सामाजिक योगदानका लागी अगाडि बढेका देशैभरका रोट्रयाक्ट क्लबका अध्यक्ष एव रोट्रयाक्ट अभियन्ताहरूलाई पर्यटकीय राजधानी पोखरामा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा रोटरी डिस्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद कोइराला, डिआरसि चियर कृष्ण प्रसाद पाण्डे, डि आर आर इलेक्ट दिनेश गैरे, रोटरि डिस्ट्रिक्ट मेम्बरसिप कमिटी चियर सुवास सिग्देल डिआरसि अर्जुन खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने उक्त अवसरमा रोट्रयाक्ट डिस्ट्रिक्ट कमिटीको तेस्रो बैठक समेत सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागीहरुलाइ पोखराका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण सगै विभिन्न साङ्गीतिक प्रस्तुतिहरूको व्यवस्थापन समेत आतिथ्य क्लब र आयोजकले गरेका थिए ।
प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक एवं रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका घडि आर आर विश्व दर्शन पराजुलीको स्वागत, नम्रता लम्साल, अदित आचार्य र डिस्ट्रिक्ट सेक्रेटरी सुबिन खड्काको संयुक्त संचालनमा सम्पन्न उक्त कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गतका क्लबका अध्यक्ष एवं प्रतिनिधि र रोट्रयाक्ट डिस्ट्रिक्ट कमिटीबाट गरि २०० भन्दा बढी रोट्रयाक्टरहरुको सहभागीता रहेको डिष्ट्रीक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।