पोखरा। एमालेले गण्डकी प्रदेश सरकारमा सहभागी बन्ने मन्त्रीको नाम टुङ्गो लगाएको छ । ४ वटा मन्त्रालय लिएर सरकारमा सहभागी बन्न लागेको एमालेले नयाँ अनुहारलाई सरकारमा सहभागी गराउने भएको छ ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले महिला सहित भूगोलको समेत ख्याल गर्दै मन्त्रीको नाम टुङ्गोमा पुर्‍याएको स्रोत बताउँछ ।

सरकारमा सहभागी बन्नेमा कास्कीका प्रकाशबहादुर केसी, नवलपुरकी पद्मा जिसी, पर्वतका मित्रलाल बस्याल र बागलुङका कृष्ण पाठक रहेको स्रोतको भनाइ छ । उनीहरूको आज दिउँसो सपथ गराउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0