पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आफूले सरकार छाड्न सक्ने बताएका छन् । सोमबार एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीको सपथ ग्रहण समारोहबाट बाहिरिने क्रममा उनले यस्तो सङ्केत गरेका हुन् ।

‘मलाई जिम्मेवारी लिन मन छैन, जुनियरलाई दिने हो’ उनले भने । आफूलाई मन्त्री पदमा कुनै मोह नभएको उनले बताए ।

उनले त्यहाँ उपस्थित केही सञ्चारकर्मीमाझ यसो भनिरहदा उर्जा जलस्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा आडैमा थिए । देवकोटाले भने कुनै प्रतिक्रिया दिएनन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी समाल्दै आएका गुरुङलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वन तथा वातावरण मन्त्रालयमा स्थानान्तरण गरेपछि उनी असन्तुष्ट रहेको बुझिएको छ । हालै भएको मन्त्रालय बाँडफाँडमा भौतिक पूर्वाधार मन्त्रालय सहित ४ मन्त्रालय एमालेले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0