पोखरा । पोखरामा ‘अजेङ्क्या एड्मिसन फेयर नेपाल २०२५’ आयोजना हुने भएको छ । पोखरा इभेन्ट सेन्टर बुलौदीमा यही भदौ १७ र १८ गते हुने फेयरको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजकले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन् ।

फेयरमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआइ), मेसिन लर्निङ (एमएल), अग्मेन्टेड रियालिटी (एआर), भर्चुअल रियालिटी (भिआर) र साइबर सुरक्षा (सिएस) कार्यशाला हुने दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत दिनेश लामिछानेले जानकारी दिए । दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले, दीप कम्प्युटर इन्स्टिच्युट र क्यापिटल एजुकेसन एण्ड माइग्रेसनसँग सहकार्य गर्दै यो कार्यक्रम संयुक्त रूपमा आयोजना गरेको उनले खुलाए ।

कार्यक्रम काठमाडौँमा समेत हुनेछ । भदौ २० र २१ गते काठमाडौंको दियो महलमा आयोजना हुनेछ । दुई शहरमा गरेर चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रमलाई विशेष बनाउन तयारी भइरहेको उनको भनाइ छ ।  हरेक दिन दुई सत्रमा हुने कार्यशालाको लागि बिद्यार्थीहरूले आफ्नो समय अनुकुलले कुनै एक सत्र छनौट गर्न पाउनेछन् । निःशुल्क सहभागिता हुन पाइने कार्यशालामा दर्ता शुल्क पनि लाग्ने छैन ।  हरेक ४० मिनेट लामो सत्रपछि १० मिनेट रमाइलो सम्बन्धित विषयसँगै सम्बन्धित खेल वा मनोरञ्जनात्मक गतिविधि राखिनेछ । जसले विद्यार्थीहरूलाई केवल सिकाइमै नभई सहभागिता र उत्साहमा पनि ऊर्जाशील बनाउने आयोजकको भनाइ छ ।

यो कार्यशालाको  विशेष पक्ष भनेको यो कार्यक्रम पूर्णरूपमा निःशुल्क हुने आयोजको भनाइ छ। विद्यार्थीहरूले कुनै शुल्क तिर्नु पर्दैन।  विद्यार्थीहरूलाई भविष्यमा प्रविधिमा आधारित विश्वस्तरीय शिक्षासँग जोड्ने र उनीहरूको करिअरलाई नयाँ आयाम दिनु नै मुख्य लक्ष्य राखेकाले, नेपालभरका विज्ञानतर्फ र व्यवस्थापन कम्प्युटर तर्फ यसै वर्ष १२ पास भएका र अघिल्लो वर्ष १२ पास भएका विद्यार्थीलाई यो अवसर सहज र सुलभ हुनेगरि नि:शुल्क प्रदान गरिएको प्रष्ट पारिएको छ ।

यस कार्यशालामा भारतका अग्रणी विश्वविद्यालय र प्रविधि कम्पनीहरूका विशेषज्ञहरूले प्रत्यक्ष प्रशिक्षण दिनेछन् । प्रशिक्षकण मार्फत प्राप्त ज्ञानले विद्यार्थीहरूको भविष्यमा आईटी, इन्जिनियरिङ, डेटा साइन्स, रोबोटिक्स, स्वास्थ्य प्रविधि, फाइनान्स टेक्नोलोजी लगायतका क्षेत्रमा असीमित अवसरहरू खुल्ने दावी गरिएको छ । कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूले स्पट एडमिसनमार्फत ३ लाख ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्। 

कार्यक्रममा दैनिक करिब चार सय जना विद्यार्थीको सहभागिता हुने अपेक्षा गरिएको छ । पोखरा र काठमाडौंमा गरी चार दिनमा १ हजार ६ सय भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ हुने अनुमान आयोजकको छ। सहभागीताको लागि नाम दर्ता गराउन आयोजकले आग्रह गरेका छन् । फेयरलाई अजेंक्य डीवाई पाटिल विश्वविद्यालय र भेलोसेस कन्सल्टिङ सर्भिसेस भारत ले प्रायोजन गरेका छन् भने विश्वविख्यात आईटी कम्पनी माइक्रोसफ्ट सँग सहकार्यमा कार्यक्रम सम्पन्न हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0