पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। निगमले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरि दिएको जानकारी अनुसार भदौ १६ गतेबाट लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो।

जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ घटाई १६३ बनाइएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएर १५४ रुपैयाँ कायम भएको छ।

यस्तै हवाई इन्धनमा पनि मूल्य घटाइएको छ। हवाई इन्धन बाह्य उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएर १ सय ३२ रुपैयाँ, अन्तर्राष्ट्रिय हवाइ इन्धन तर्फ प्रति किलोलिटर अमेरिकी डलर ३७ ले घटाइ बिक्री मूल्य कायम गरिएको छ ।

एल. पि. ग्यासको खरिद मूल्यमा प्रति सिलिन्डर रु. ३.११ ले बढेर आएको भएपनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट भदौ १५ गते प्राप्त खरिद मूल्य अनुसार निगम सञ्चालक समितिको बैठकबाट मूल्य समायोजन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0