पोखरा । पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीनाले वडा सफल भए महानगर असफल भयो भन्ने भाष्य बनेको भन्दै त्यो भाष्य गलत भएको दावी गरे । महानगरपालिकाको १७ औँ नगर सभामा बोल्दै उनले सबै वडा बन्ने तर महानगर नबन्ने भन्ने हुन नसक्ने समेत उल्लेख गरे । ‘अहिले एउटा के भाष्य गर्न खोजिएको छ भने सबै वडा सफल भए महानगर असफल भयो भन्ने कता एउटा भाष्य बनेको छ । तर, यो सरासर गलत छ भन्नेकुरा मलाई लाग्छ’ उनले भने ‘सबै वडा बन्ने तर महानगर नबन्ने प्रसङ्ग  हुन सक्दैन ।’

यसको लागि सबै जनप्रतिनिधि जिम्मेबार बन्नुपर्ने खुलाए । वल्ड बैङ्क, एडीबी, कोइका, जाइका लगायतका धेरै डेभलपमेन्ट पार्टनर तथा सङ्घ र प्रदेशका हस्तान्तरित योजनाहरू सहित महानगरका आफ्ना कार्यक्रम मार्फत पनि धेरै कामहरू विकास निर्माणका कामहरू भैरहेको उनको भनाइ थियो ।  उनले पोखरा पर्यटनको राजधानी घोषणा गर्नु र महानगरपालिकाले पर्यटन भ्रमण वर्ष २०२५ घोषणा गर्नुलाई समेत उपलब्धि भएको दावी गरे ।

सबै जिम्मेवार बनेर एकतालाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले गरेका कामहरूको प्रचार प्रसार हुन नसकेको समेत औँल्याए । जनप्रतिनिधिको तीन वर्षको कार्यकाल व्यतीत भइसकेकाले अब बाँकी रहेको दुई वर्षमा महानगरवासीले रोजेको खोजेको महानगर बनाउन लागि सबै जिम्मेवार बन्न पोखरा २५ का वडाध्यक्ष समेत रहेका प्रवक्ता तिम्सीनाले आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0