पोखरा ।  नेपाल खेलकुद महासङ्घ नेकोस प्रदेश कमिटी गण्डकीको आयोजनामा बिहीबार मैत्रिपूर्ण डोरीतान प्रतियोगिता सम्पन्न भएको छ ।  भोलि शुक्रबारबाट हुने दोश्रो अधिवेशन भव्यताका साथ सम्पन्न गर्न जनसहभागिता जुटाउन एवं अधिवेशनको प्रचार प्रसार गर्नको लागि आयोजना गरिएको प्रतियोगितामा डोरितान सङ्घ प्रथम  भएको नेकोस गण्डकी  सचिव ईश्वर अधिकारीले जानकारी दिए । नेकोस खेलसङ्घहरू बीचको मैत्रीपूर्ण प्रतियोगितामा भलिबल सङ्घ दोस्रो भएको थियो ।

मैत्रिपूर्ण प्रतियोगिता नेपाल खेलकुद महासङ्घका केन्द्रिय सचिव विष्णु पुनको प्रमुख आतिथ्यतामा भएको हो । प्रतियोगिताले  खेल सङ्घबीच भाइचारा वृद्धि गर्ने विश्वास उनले गरे ।

यसैबीच नेकपा एमालेको जन सङ्गठनको रुपमा रहेको महासङ्घ गण्डकीको  जेठ ३० र ३१ गते हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको  सचिव अधिकारीले  जानकारी दिए। 

अधिवेशनमा नेकपा एमालेका उपमहासचिव एव सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, एमाले सचिव एवं पूर्व मन्त्री पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरुङ,  स्थायी कमिटी सदस्य एवं गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी अध्यक्ष नवराज शर्मा, महासङ्घका अध्यक्ष परशुराम बस्नेत लगायतका अग्रज नेताहरूको उपस्थित रहनेछ ।

अधिवेशन माछापुच्छ्रे पार्टी प्यालेस पोखरा २५, हेम्जामा हुनेछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकोले महत्वका साथ हेरिएको छ। अधिवेशनमा खेल सङ्घबाट ३५, अधिवेशन नभएका जिल्लाका ३०, अधिवेशन भएका जिल्लाका ४७, मनोनित १४ र आयोजक २५ जना गरेर कुल १ सय ५१ जना प्रतिनिधि सहभागी बन्ने सचिव अधिकारीले बताए । अधिवेशनबाट अध्यक्ष, दुई उपाध्यक्ष, सचिव, दुई उपसचिव र कोषाध्यक्ष सहित विधान अनुसार सदस्य चयन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0