पोखरा । सातौँ राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले वर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न सातौँ राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले वर्चश्व कायम गरेको हो ।

प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्यान्डर्ड महिला सिङ्गलमा गोल्ड, स्ट्यान्डर्ड पुरुष सिङ्गल तर्फ सिल्भर, स्ट्यान्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्यान्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्चरिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा कम्पाउण्ड मेन एकलतर्फ एपीएफका मीन गौचनले कुल १४० स्कोर ल्याउँदै स्वर्ण जिते । १२९ स्कोरका साथ गण्डकीका सुमन गुरुङले रजत जिते । आर्मीका पवन राईले काश्य पदक हासिल गरे । महिला एकल तर्फ गण्डकीकी मोनिका राना मगरले १३७ स्कोरका साथ स्वर्ण जित्दा उनकी प्रतिस्पर्धी एपीएफकी पार्षद् आचार्यलाई १३६ स्कोरका साथ रजत जितिन् । एपीएफकै निर्मला काङबाङले कास्य हासिल गरिन् ।

स्ट्यान्डर्ड महिला एकल तर्फ गण्डकी प्रदेश टीम ‘ए’ की रिना गुरुङले गण्डकी ‘ए’ कै स्नेहा केसीलाई ६–० को सेटमा हराउँदै स्वर्ण जितिन् । यस्तै निता केसीले काश्य हासिल गरिन् । पुरुष तर्फ नेपाल पुलिसका निकेश देशारले गण्डकीका मोहन घर्तीलाई ६–२ को सेटमा हराउँदै स्वर्ण जिते । आर्मीका बसन्तराज काफ्लेले काश्य पदक हासिल गरे ।

स्ट्यान्डर्ड मिक्सतर्फ गण्डकी ‘ए’ ले त्रिभुवन आर्मीलाई ५–१ को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्यो । नेपाल पुलिसले काश्य पदक हासिल गर्‍योस्ट्यान्डर्ड पुरुषतर्फ गण्डकी ए ले नेपाल पुलिसलाई ५–३ ले हराउँदै स्वर्ण हासिल गर्दा गण्डकी रजतमा सीमित भयो । एपीएफले काश्य पदक जित्यो । रिकर्भ महिला एकल तर्फ नेपाल पुलिसकी आइसा तामाङले त्रिभुवन आर्मी क्लबकी मित्र राईलाई ६–४ ले हराउँदै स्वर्ण जितिन् । आर्मीकी मन्जु बजगाईँले काँस्य जितिन् । रिकर्भ पुरुष एकल तर्फ नेपाल पुलिस क्लबका तिलक पुनले स्वर्ण जिते । उनले त्रिभुवन आर्मीको रोशन नगरकोटीलाई ६–२ सेटमा हराएका हुन् । नेपाल पुलिसका पवन शिरिषले काश्य पदक जिते । रिकर्भ मिक्स टीमतर्फ नेपाल पुलिसको तिलक पुन र आइसा तामाङको जोडीले त्रिभुवन आर्मीको रोशन नगरकोटी र मित्र राईको जोडीलाई ५–१ सेटमा हराएर स्वर्ण पदक जिते । गण्डकी ‘ए’ कांस्यमा चित्त बुझायो । रिकर्भ पुरुष टीम तर्फ त्रिभुवन आर्मीले गण्डकी ‘ए’ लाई ६–२ को सेटमा हराउँदै स्वर्ण जित्दा गण्डकी रजतमै चित्त बुझायो । गण्डकी ‘बी’ ले काश्य पदक हासिल गर्‍यो

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङ, नेपाल आर्चरी सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं कास्की जिल्ला आर्चरी सङ्घको संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था मगर, अन्नपूर्ण आर्चरी क्लबका पूर्व अध्यक्ष एवं समाजसेवी मीन बहादुर शेरचन, गण्डकी प्रदेश आर्चरी सङ्घका अध्यक्ष किशोर कुमार गुरुङ, गण्डकी प्रदेश आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचन, कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष बसन्त गौचन लगायतले पुरस्कार बितरण गरेका थिए ।

सो अवसरमा वोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले आर्चरी सङ्घको आयोजनामा पोखरामा पहिलो पटक इन्डोर रुपमा खेल सञ्चालन हुनु पोखराको लागि महत्वपूर्ण रहेको बताए । पोखरामा पहिलो पटक इन्डोर आर्चरी प्रतियोगिता सम्पन्न भइसकेकाले पोखरामा इन्डोर रुपमा समेत राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरणीय काम भएको बताउदै प्रदेश खेलकुद परिषद प्रदेशमा हुने खेलकुद गतिविधीलाई चलायमान गराउन लागिपर्ने बताए ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको सहयोग र नेपाल आर्चरी सङ्घको प्राविधिक सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0