पोखरा । नेपाली काङ्ग्रेस कास्कीका ३ वटै क्षेत्रका क्षेत्रीय सभापति र उपलब्ध पदाधिकारीको शनिबार बैठक बसेको छ । बैठकले  जिल्ला भरीको संगठन, शशक्त,जिम्मेवार, जनमुखी, उत्तरदायी बनाउने  तथा निरन्तर समन्वयात्मक बैठक बस्ने निर्णय गरेको कास्की क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव सरोज केसीले जानकारी दिए ।

क्रियाशील सदस्य नवीकरण फारम सम्बन्धित वडामा पुगी सकेको हुनाले केन्द्रले दिएको समय भित्र मातहत समिति हुँदै माग गर्ने र आवश्यक सहयोग गर्ने, नवीकरण लगत्तै नयाँ क्रियाशील सदस्यता बितरण हुने हुँदा आवश्यक तयारी सहित सदस्यता लिने चाहनेको विवरण र अध्ययन समिति निर्माण गर्ने निर्णय गरेको छ । गठबन्धन सहितको नेपाल सरकार तिनै तहको बजेट निर्माण र घोषणामा रहेको हुँदा सरकार लाई जनमुखी, नागरिकमैत्री, आवश्यकता अनुसारको विकासप्रेमी बजेट ल्याई सुशासनमैत्री, भ्रष्टाचार विरोधी कार्य गर्न निरन्तर निगरानी र खबरदारी गर्ने निर्णय गरिएको नेपाली कांग्रेस कास्की ३ का क्षेत्रीय सभापति मनोज गुरुङले जानकारी दिए । 

तत्काल बजेट, क्रियाशील सदस्य र भ्रातृसंस्था बारेमा निर्णय गर्न तिनै क्षेत्रमा भेलाहरू आयोजन गर्ने कास्की क्षेत्र न १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने ले बताए । जिल्लामा सङ्गठन बलियो बनाउने भ्रातृसंस्थाहरूको विवाद समाधान गर्न तर्फ क्षेत्रीय समिति सक्रियता पूर्वक लाग्ने र छिट्टै घुम्ती बैठकका रुपमा अर्को कास्कीका तिनै क्षेत्र, महानगर समिति र पालिका समितिको बैठक आयोजना गरिने कास्की क्षेत्र न ३ का क्षेत्रीय सभापति केशर प्रसाद निर्दोषीले बताए । 

बैठकमा नेका कास्की क्षेत्र न १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने, २ का क्षेत्रीय सभापति केशर प्रसाद निर्दोषी र ३ का क्षेत्रीय सभापति मनोज गुरुङ, क्षेत्रीय उपसभापतिहरू कृष्ण प्रसाद कोइराला र दिपेन्द्र मर्सानी, क्षेत्रीय सचिवहरू सरोज केसी र देवकृष्ण पराजुली, क्षेत्रीय सहसचिव भावना श्रेष्ठ र विश्वराज आचार्य तथा क्षेत्रीय कोषाध्यक्ष ललित कुँवर रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0