पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा मङ्गलवार सम्म ५ लाख बढी भक्तजनले कोटिहोम दर्शन गरेका छन् । दिन प्रतिदिन भक्तजनको उल्लासमय उपस्थितिले आजको दिन सम्म ५ लाख बढी भक्तजनले कोटिहोम अवलोकन गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

 मङ्गलवार पनि भक्तजनको सहभागिताले कोटिहोम परिसर भरिभराउ भएको थियो । कोटिहोम दर्शन गर्नका लागि दैनिक पोखरा सँग देशभरका जिल्ला बाट भक्तजन आउन सङ्ख्या बढ्दै गएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जेठ १० गते देखि दैनिक १ लाख भक्तजनले कोटिहोम दर्शन गर्ने आउने सङ्केत पाएको बताए । हुन पनि जेठ १० गते अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा पुनः कोटिहोममा कथा वाचन गर्न आउने भएकाले यो सङ्केत देखिएको उनको विश्वास छ । 

देवी प्रतिभाले जेठ १६ गते सम्म कथा प्रवचन गर्ने कार्यक्रम छ भने जेठ १४ देखि २२ गतेसम्म नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासीले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ । दुई प्रख्यात कथा वाचीकाको कोटिहोमा उपस्थितिले पनि भक्तजनको सङ्ख्या बढ्ने आयोजकको दाबी छ ।

 कोटिहोममा काठमाण्डौकी कलाकवि चापागाईँबाट १ लाख १ हजार, पुन महिला समूह पोखरा– १५ राम बजार ७३ हजार ५ सय ५५,  जागृति दिदीबहिनी समूह पोखरा– ७ बाट २५ हजार ५ सय २५, पोखरा– ५ भगवान अधिकारीको परिवार बाट २५ हजार ५ सय ५५, सूर्योदय आमा समूह पोखरा–२७  बाट २५ हजार १ सय ५, विकास टोल आमा समूह पोखरा– १४ बाट २५ हजार १ सय ५५, ढले पिपल विपल लुकुन्श्वार लौलिवोटर आमा समूह पोखरा–२२ पुम्दीबाट १० हजार ५५, लमजुङ मध्ये नगर पालिका पदम बहादुर थापाबाट १० हजार, पोखरा– १७ बिरौटाका नरेन्द्रराज बरालबाट १५ हजार १ सय, न्यूरोड महिला उत्थान मञ्च पोखरा– ५ बाट २५ हजार ६०, ज्येष्ठ नागरिक आश्रम मिलन केन्द्र पोखरा–२३ बाट ४४ हजार ५ सय ५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

कोटिहोममा मङ्गलवार श्री रत्न ज्योति माध्यमिक विद्यालयका विद्यार्थीले दर्शन गरेका थिए । कोटिहोममा जेठ ९ र १० गते फरक क्षमता भएका व्यक्ति, प्रमुख आचार्य, गुरुहरू धार्मिक तथा सामाजिक अभियानमा सक्रिय अभियन्ता, विभिन्न धार्मिक सङ्घ संस्थाका अध्यक्ष तथा पदाधिकारी गुरुकुलका पदाधिकारीलाई सम्मान गरिने कार्यक्रम तय भएको छ ।

कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ । कोटिहोममा जेठ १४ गते नेपालका सुप्रसिद्ध मोटिभेटर डा.तारा प्रसाद गिरीले निःशुल्क प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा पोखरमा रहेका विद्यालयका विद्यार्थीलाई लाभ लिन आयोजकले आग्रह गरेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0